गृहपृष्ठ ∕ नेपाल ∕ तीनकुनेमा दुर्घटना गराएर फरार चालक कुपण्डोलबाट पक्राउतीनकुनेमा दुर्घटना गराएर फरार चालक कुपण्डोलबाट पक्राउ नेपालीपत्र बुधबार, २०८१ असोज ३० गते, १४:०५ मा प्रकाशित नेपाल काठमाडौँ । तीनकुनेमा दुर्घटना गराएर फरार भएका चालक ललितपुरको कुपण्डोलबाट पक्राउ परेका छन् । मोरङको विराटनगर घर भई हाल ललितपुर महानगरपािलका १ कुपण्डोल बस्ने ४० वर्षीय निरज बिष्टलाई प्रहरीले पक्राउ गरेको हो ।बिष्टले चलाएको गाडी असोज २६ गते साँझ साढे ६ बजे काठमाडौँ महानगरपालिका ३२ तीनकुने गैरीगाउँ सडकमा दुर्घटना भएको थियो । दुर्घटनामा सर्लाहीको कबिलासी नगरपालिका २ घर भई हाल तीनकुने बस्ने ५१ वर्षका विनोद महरा भन्ने राम विनय राम घाइते भएका थिए । बिष्टले नै घाइते रामलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामंगलमा पुर्याएका थिए । तर उनी त्यसपछि फरार भएको प्रहरीको भनाई छ ।घाइते रामको उपचारको क्रममा असोज २७ गते मृत्यु भएको थियो । घाइतेको मृत्युपछि काठमाडौँ प्रहरी परिसर र प्रहरी बृत्त बानेश्वरको टोलीले सीसीटीभी फुटेजको सहयोगमा बिष्टलाई पक्राउ गर्न सफल भएको काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।दुर्घटनामा संलग्न सवारीसहित फेला परेका उनीमाथि प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान अगाडी बढाइएको छ । #कुपण्डोल #तीनकुनेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त २ भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै ३ रुपन्देही–३ उपनिर्वाचनका लागि २७ दलका २८ निवेदन ४ संघीय गणतान्त्रिक गठबन्धनले भ्रष्टाचारविरुद्ध देशव्यापी जनजागरण अभियान चलाउँदै ५ जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा हस्ताक्षर ६ व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता ७ संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ताThe Film Nepal