गृहपृष्ठ ∕ नेपाल ∕ अस्थायी पुलबाट चिप्लिएर एक युवा बेपत्ताअस्थायी पुलबाट चिप्लिएर एक युवा बेपत्ता नेपाली पत्र मंगलबार, २०८० जेठ ३० गते, १२:५६ मा प्रकाशित नेपाल जुम्ला । जुम्लाको तिला गाउँपालिकाः १ स्थित रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर एक युवा तिला नदीमा बेपत्ता भएका छन् ।आज बिहान ६ बजेतिर सो गाउँपालिका:६ का अन्दाजी १७ वर्षका मोहन रोकाया उक्त अस्थायी पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।बेपत्ता हुनेमा तिला:६ निवासी घोडे गाउँका कर्णबहादुर रोकाया उनका छोरा अन्दाजी १७ वर्षका मोहन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।तिला–१ रारासेरी बजारबाट चामलको बोरा लिएर घरजाने क्रममा अस्थायी पुलबाट चिप्लिएर नदीमा खसेको खबर प्राप्त भएपछि प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । तिला नदीको पानी धमिलो भएकाले खोज्न समस्या भएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए । #अस्थायी पुल #युवा बेपत्ताग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार राष्ट्रपति पौडेल अजरबैजान प्रस्थानकाठमाडौंं । राष्ट्रपति रामचन्द्र पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि रविलाई हिरासतमा राख्न १३ दिन म्याद थपकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी ढोरपाटनका मेयर देवकुमारलाई अदालतमा उपस्थित गराइयोपोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा देवकुमार नेपालीलाई कास्की अदालतमा उपस्थित गराइएको छ । ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका नेपालीलाई सहकारी ठगबाट पैसा असुल गरी पीडितको पैसा फिर्ता गर्छौंः मन्त्री…काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले सरकारले सहकारी ठगहरुबाट असुलउपर गरेर सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउने बताएका छन् । शनिबार प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम सर्वसम्मत अनुमोदनकाठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ दिपक मनाङेले भने- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छुकाठमाडौँ । गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ (दिपक मनाङे)ले आफूविरुद्धको मुद्दाको पूर्णपाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने प्रतिक्रियाधेरै पढिएका खबर १ दिपक मनाङेले भने- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु २ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए ३ अमेरिकी राष्ट्रपति चुनाव: ट्रम्पको अग्रता कायमै ४ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने ५ दुई आयोगका पदाधिकारी सिफारिस सम्बन्धी छनोट प्रक्रियामा सुझाव माग ६ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन गर्ने ७ स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष स्थापनाThe Film Nepal