Techie IT
२०८२ असार ६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालहेटौँडाबाट कुलेखानी, सिस्नेरी हुँदै काठमाडौँ पुग्ने सडक सञ्चालनमा

हेटौँडाबाट कुलेखानी, सिस्नेरी हुँदै काठमाडौँ पुग्ने सडक सञ्चालनमा


काठमाडौँ । हेटौँडाबाट कुलेखानी, सिस्नेरी हुँदै काठमाडौँ पुगिने सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलामा ह्युमपाइप राखेर मर्मतसम्भार गरेपछि उक्त सडकमा दुईतर्फी यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गत असोज १० र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी र पहिराले सडक क्षतिग्रस्त भएको थियो । केही मर्मत गरेर असोज २० गतेदेखि सडकमा यातायात खुले पनि सडकमा ह्युमपाइप राख्नुपर्ने भन्दै कात्तिक २ गतेदेखि एकतर्फी यातायातमात्र सञ्चालन भएको थियो ।

सडकको मर्मत सम्पन्न भएपछि भने दुईतर्फी बाटो सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दीपक मनाङेको सांसद पद खारेज

काठमाडाैँ । मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) को सांसद पद खारेज भएको छ । ज्यान मार्ने

मितेरी सहकारी ठगीमा कम्बोडिया भागेका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइयो

काठमाडाैँ । ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन गरी फरार भनिएका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा पक्राउ गरी नेपाल ल्याइएको छ ।

इजरायल र इरानमा यात्रा नगर्न परराष्ट्र मन्त्रालयको आग्रह

काठमाडौं । परराष्ट्र मन्त्रालयले आवश्यक नभएसम्म इजरायल र इरानमा यात्रा नगर्न आग्रह गरेको छ । बुधबार मन्त्रालयले ‘ट्राभल एडभाइजरी’ जारी

मनसुन शुरु भएसँगै भोजपुरका किसानलाई धान रोपाइँको चटारो

भोजपुर । भोजपुरका किसानलाई अहिले धान रोपाइँको चटारो परेको छ । मनसुनी वर्षा शुरु भएसँगै खेतमा पानी भरिएपछि कृषकहरू बिहानैदेखि

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

मेयर र उपमेयरबीचको विवादले तनावग्रस्त धरान उपमहानगरपालिका

धरान । धरान उपमहानगरपालिकामा नगर प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइनविक्रम बेघाबीचको विवाद चुलिँदै गएको छ । दुई जनाप्रतिनिधिको बिबादले

Techie IT