Techie IT
२०८१ कात्तिक २५, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालबाँके राष्ट्रिय निकुञ्जमा सूचना केन्द्र स्थापना गरिँदै

बाँके राष्ट्रिय निकुञ्जमा सूचना केन्द्र स्थापना गरिँदै


नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जले आगन्तुक सूचना केन्द्र स्थापना गर्ने भएको छ ।

निकुञ्जको अवलोकन गर्न आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले कोहलपुरमा सो सूचना केन्द्र स्थापना गर्न लागिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले निकुञ्जमा आउने पर्यटकलाई निकुञ्जका बारेमा विस्तृत सूचना र जानकारी प्रदान गर्न करिब ७० लाख रुपैयामा आगन्तुक सूचना केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए । उनले त्यसका लागि आवश्यक तयारी गरिएको उल्लेख गर्दै दुई साताभित्र सूचना केन्द्र स्थापना हुने बताए ।

सूचना केन्द्रबाट बाँके राष्ट्रिय निकुञ्जसम्बन्धी सम्पूर्ण जानकारी पाउन सकिने निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जको गत आर्थिक वर्षमा चार सय ८० पर्यटकले भ्रमण गरेका थिए । निकुञ्ज विशेषगरी जैविक विविधता र बाघ संरक्षणका लागि परिचित छ । दुर्लभ पाटेबाघ संरक्षण गर्ने उद्देश्यले २०६७ सालमा स्थापना भएको सो निकुञ्ज मुलुकको कान्छो राष्ट्रिय निकुञ्जका हो ।

पर्यटकले निकुञ्जमा बाघ, चितुवा, हात्ती, गैँडा, जरायो, बँदेल, नीलगाई र विभिन्न प्रजातिका चरा र सर्पलगायत जीवजन्तु अवलोकन गर्न सक्छन् । निकुञ्जभित्र पर्यटकका लागि हात्ती, जिप र जङ्गल सफारीका साथै पैदल यात्राको प्रबन्ध गरिएको छ । निकुञ्जभित्र वन्यजन्तु अवलोकनका लागि मचान, घाँसेमैदान, कृत्रिम पोखरी र वनपथजस्ता पूर्वाधारसमेत निर्माण गरिएका छन् ।

बाँकेमा सडक तथा हवाई यातायातको सहज पहुँच र एक दर्जन बढी तारे होटलको सुविधा भएका कारण निकुञ्ज अवलोकनका लागि यहाँ पुग्ने पर्यटकले बाघलगायत वन्यजन्तु अवलोकन गर्ने गर्छन् । निकुञ्ज बाँके, दाङ र सल्यान गरी तीन जिल्लाको पाँच सय ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान

काठमाडौंं । राष्ट्रपति रामचन्द्र पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि

रविलाई हिरासतमा राख्न १३ दिन म्याद थप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी

ढोरपाटनका मेयर देवकुमारलाई अदालतमा उपस्थित गराइयो

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा देवकुमार नेपालीलाई कास्की अदालतमा उपस्थित गराइएको छ । ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका नेपालीलाई

सहकारी ठगबाट पैसा असुल गरी पीडितको पैसा फिर्ता गर्छौंः मन्त्री…

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले सरकारले सहकारी ठगहरुबाट असुलउपर गरेर सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउने बताएका छन् । शनिबार

प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम सर्वसम्मत अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ

दिपक मनाङेले भने- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु

काठमाडौँ । गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ (दिपक मनाङे)ले आफूविरुद्धको मुद्दाको पूर्णपाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने प्रतिक्रिया

Techie IT