Techie IT
२०८१ कात्तिक २३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालएनआरएनएले कात्तिक ११ र १२ गते ग्लोबल कन्क्लेभ आयोजना गर्ने

एनआरएनएले कात्तिक ११ र १२ गते ग्लोबल कन्क्लेभ आयोजना गर्ने


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कात्तिक ११ र १२ गते काठमाडौंमा एनआरएन ग्लोबल कन्क्लेभ–२०२४ आयोजना गर्ने भएको छ । संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’भन्ने नाराका साथ काठमाडौंमा एनआरएन ग्लोबल कन्क्लेभ आयोजना गर्न लागेको जानकारी दिएको हो ।

कन्क्लेभमा सातवटा प्लेनरी सत्र रहने र स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिहरूको सहभागिता रहने संघले जनाएको छ । कन्क्लेभको पहिलो दिन नेपालमा आर्थिक रुपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभावलगायत विषयमा छलफल हुने अध्यक्ष बद्री केसीले जानकारी दिए ।

दोश्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षालगायतमा संघको भूमिका लगायतका विषयमा छलफल हुनेछ । संघका अध्यक्ष केसीले जलवायु परिवर्तनले देखिएको विनासका कारणका बारेमा छुट्टै सेसनमा छलफल हुने जानकारी दिए ।

उनले नेपालमा विपद् पर्दा संघले सहयोग गरेको भन्दै हालैको बाढिपहिरोपछि पनि ४४ भन्दा बढी जिल्लामा ९५ लाख बराबरको राहत बाँडेको बताए ।

संघमा लोकतान्त्रिक मूल्यमान्यता अनुसार भएको निर्वाचनको परिणाम चित्त नबुझाएर सडकबाटै आफूलाई अध्यक्ष घोषणा गरेको देखिएको भन्दै अध्यक्ष केसीले वैधानिक निकासका लागि संघ तयार रहेको बताए । उनले संस्था सञ्चालन गर्ने विधानमा समस्या देखिए आवश्यकताअनुसार परिमार्जन गर्न तयार रहेको धारणा राखे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम सर्वसम्मत अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ

दिपक मनाङेले भने- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु

काठमाडौँ । गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ (दिपक मनाङे)ले आफूविरुद्धको मुद्दाको पूर्णपाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने प्रतिक्रिया

किरात संस्कृतिको संरक्षण गर्न साखेवा सिली प्रशिक्षण

भोजपुर । भोजपुरमा किरात संस्कृतिलाई बचाउन साखेवा सिली प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । पराम्परातगत रुपमा गरिँदै आएका प्रचलनको संरक्षण

मृग भनेर हानेको गोली साथीलाई लागेपछि…

खोटाङ । सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद

मुग्लिनमा बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु

काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । मुग्लिङ

उदाउँदो सूर्यलाई अर्घ्य अर्पण सँगै छठ सम्पन्न

धनुषा । आज उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिन सम्म विभिन्न विधि गर्दै मनाइने

Techie IT