Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालआज काग तिहार मनाइँदै

आज काग तिहार मनाइँदै


काठमाडौँ । आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । नेपालीहरुको दोश्रो ठुलो चाड तिहारअन्तर्गत आज काग तिहार मनाइँदैछ ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार (यमपञ्चक)को आज दोस्रो दिन हो। कात्तिक कृष्ण त्रयोदशीदेखि पाँच दिनसम्म मनाइने यो पर्वमा आज विभिन्न प्रकारका खानेकुरासहित कागको पूजा गरिँदैछ ।

कागलाई यमराजको सन्देशवाहकका रूपमा लिने गरिन्छ । सधैँ शुभ समाचारको आशा गर्दे कागलाई यस दिन मीठा खानेकुरा दिने प्रचलन छ  । काग अत्यन्त बाठो पंक्षी मानिन्छ ।

आजकै दिनदेखि यमराज पनि आफ्नी बहिनी यमुनाको घरमा पाहुना लागेर बस्ने विश्वास रहेकाले तिहारलाई यमपञ्चक पनि भनिन्छ  ।

यमपञ्चकमा काग तिहारका साथै यमराजको द्वारपालका रूपमा कुकुर, गाई, लक्ष्मी माता, गोरुको पूजा गरिन्छ । यसवर्षको भाइटीकाको साइत कार्तिक १८ गते आइतबार बिहान ११ बजेर ३७ मिनेट रहेको छ ।

यस्तै आज यमदीप दान पनि गरिँदैछ । कार्तिक कृष्ण त्रयोदशीका साँझ गरिने यमदीपदान पनि आज नै गर्नुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT