Techie IT
२०८२ असार ३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालस्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष स्थापना

स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष स्थापना


चितवन । भरतपुर महानगरपालिका–१ स्थित योगी नरहरिनाथ गौँ संरक्षण केन्द्रमा स्थानीय जातका गाईको संरक्षण गर्न एक करोड एक लाखको अक्षयकोष स्थापना भएको छ ।

केन्द्रका संयोजक नवराज ढकालका अनुसार २०३९ साल देखि केन्द्रमा गाई संरक्षण थालिएको हो । योगी नरहरिननाथ बाट गौँ संरक्षण शुरु भएको भन्दै उनले त्यसलाई निरन्तरता दिइएको बताए ।

अक्षयकोषका लागि ११ हजार एक सयको आजीवन सदस्य र एक लाख एक हजारको संरक्षक सदस्य बनाइएको छ । पैतालिस जना संरक्षक सदस्य र तीन सय २५ जना आजीवन सदस्य छन् । विसं २०७४ बाट कोष स्थापना गरी रकम सङ्कलन गर्न थालिएको हो । कोषमा १० करोड जम्मा गर्ने लक्ष्य छ । यो तिहारमा १८ लाख भन्दा बढी सङ्कलन भएको उनले बताए ।

गौँ संरक्षण केन्द्रले दुई सय ५० भन्दा बढी स्थानीय जातका गाई पालेको छ । ती गाई पाल्न कोष स्थापना गरिएको हो । केन्द्रका पूर्वसंयोजक टङ्कनाथ पौडेलले दीर्घकाल सम्म गाईको संरक्षण गर्न सकियोस् भनेर कोषको अवधारणा ल्याइएको बताए ।

दाताले पराल, चोकरलगायत सहयोग गर्दै आएका छन् । योगी नरहरिनाथले स्थानीय जातका श्री गाई लोप नहुन् भन्ने भावनाका साथ गाईको वंश संरक्षण गर्ने उद्देश्यले केन्द्र स्थापना गरेका हुन् । केन्द्रमा उत्पादित गोबर र गहुँत बिक्री पनि हुने गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT