Techie IT
२०८१ मंसीर १८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालआन्तरिक मामिलामन्त्री अधिकारीले दिए राजीनामा

आन्तरिक मामिलामन्त्री अधिकारीले दिए राजीनामा


काठमाडौँ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् ।

बिना अनुमति र बिना जानकारी जापान गएको विषयमा विवादमा तानिएपछि मन्त्री अधिकारीले मुख्य मन्त्री हिक्मत कार्कीलाई राजीनामा पत्र बुझाएका हुन ।

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ ।

तर मन्त्री अधिकारी मन्त्रीपरिषद्को निर्णय विपरीत जापान पुगेका थिए । उनी जापानमा हुने एक कार्यक्रममा सहभागी हुन भन्दै गत कार्तिक १३ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हवाई भाडामा वृद्धि

काठमाडौं । नेपाल आयल निगमले शनिबार हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गर्दा हवाई भाडा पनि वृद्धि भएको छ ।

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले आइतबार

नेपाल र चीन बीच पारस्परिक सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षर

चीन । नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदान लगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्य सम्बन्धी

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर परीक्षण हुने

काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान

गढीमाई मेलामा बाराका १६ वटै पालिकामा बिदा

काठमाडौं । बारामा प्रत्येक पाँच वर्षको मंसिर महिनाभरी लाग्ने विश्व प्रसिद्ध गढीमाई मेलाको अवसरमा बाराको १६ वटै पालिकाले ४ दिन

पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार

बनियानी (झापा) । जिल्लाको शिवसताक्षी नगरपालिका-१० स्थित पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार निर्माण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच नगरप्रमुख मेगाहाङ

Techie IT