Techie IT
२०८२ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालमित्रमिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ

मित्रमिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ


पोखरा । मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् ।

लम्साललाई कास्कीको पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित ससुराली घरबाट पक्राउ गरिएको हो ।

सहकारी ठगी कसुरमा संग्लन उनी लामो समयदेखि फरारको सूचीमा थिए । मित्रमिलन सहकारीको ठगी प्रकरणमा जोडिएका ३२ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

सहकारीका अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारीसहित सहकारीको क्षेत्र विस्तारको क्रममा घुस लिएको आरोपमा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली, सहकारीका सञ्चालक गोपाल खनाल, बुद्धिसागर पौडेल, राजु बराल, लेखा समिति संयोजक सूर्यबहादुर अधिकारी, लेखा समिति सदस्य पत्रकार अर्जुन गिरी लगायत यसअघि नै पक्राउ परेका थिए । पक्राउ परेका केही धरौटीमा छुटेका छन् ।

सहकारीका ३ हजार ४४६ वचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगी गरेको दाबीसहित सरकारी वकिलको कार्यालयले कानुन बमोजिम सजाय र २१ करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

सहकारी ऐन, २०७४ (दफा १२२ र १२४) अन्तर्गत सहकारी ठगीमा गत वर्ष पुस १२ गते सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा मुद्दा दर्ता गराएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT