Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीक्याम्पस सञ्चालनका लागि देउसी भैलोबाट ४० लाख संकलन

क्याम्पस सञ्चालनका लागि देउसी भैलोबाट ४० लाख संकलन


म्याग्दी । ग्रामीण क्षेत्रमा समुदायस्तर बाट सञ्चालन भएको मङ्गला शिक्षा क्याम्पसले अक्षयकोष स्थापनाका लागि तिहार पर्वको अवसरमा सञ्चालन गरेको देउसीभैलो बाट ४० लाख रुपैयाँ संकलन गरेको छ ।

मङ्गला गाउँपालिका–२ बाबियाचौरको लाम्पाटामा रहेको क्याम्पसले सेवा क्षेत्रमा तिहारको अवसर पारेर देउसीभैलो कार्यक्रम बाट जुटेको उक्त रकम अक्षयकोषमा बचत गर्ने जनाएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले बुधबार सम्म देउसीभैलो बाट ४० लाख सहयोग जुटेको जानकारी दिए ।“ दुई करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य सहित सञ्चालन भएको अभियानमा देउसीभैलो सहित हाल सम्म ५३ लाख जुटेको छ । गाउँलेले पेन्सन, छोराछोरीको कमाई र बचत बाट खुलेर सहयोग गरेका छन्”, उनले भने ।

देउसीभैलोमा अमेरिका र बेलायतमा रहेका बाबियाचौरका एकैघरका दिदीबहिनी क्रमशः डा. रेखा रोका, डा. रञ्जना रोका र डा. स्वस्ती रोकाले एक लाख ९२ हजारका दरले पाँच लाख ७६ हजार सहयोग गरेका छन् । उनीहरू मङ्गला गाउँपालिका अध्यक्ष समेत रहेका क्याम्पसका सम्मानार्थ संरक्षक सत्प्रसाद रोका र क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष एवम् आर्थिक सङ्कलन उपसमिति संयोजक यसोदा रोकाका छोरी हुन् ।

देउसीभैलोका क्रममा रोका दिदी बहिनी बाट सबै भन्दा धेरै सहयोग प्राप्त भएको क्याम्पस प्रमुख प्रितमबहादुर खत्रीले जानकारी दिए । उनले भने,“रोका परिवार बाट क्याम्पसका लागि हाल सम्म १४ लाख एक हजार ५० सहयोग प्राप्त भएको छ । घरायसी समस्याले शहर बजारमा गएर पढ्न नसकेका छोरी बुहारीलाई वरदान नै बनेको क्याम्पसले गरेको शैक्षिक तथा भौतिक सफलताको सन्देश सुनाउँदै आर्थिक स्रोत जुटाउन अभियान चलाएका छौँ ।”
मङ्गलामा रहेका तीन हजार सात सय घरबाट स्वदेश तथा विदेशमा रहेकालाई प्रत्यक्ष तथा ‘भर्चुअल’ माध्यम बाट कोषमा सहयोग जुटाउने लक्ष्य पूरा नहुँदा सम्म अभियान जारी राख्ने क्याम्पसले जनाएको छ ।

अक्षयकोषको ब्याज बाट पूर्णकालीन प्राध्यापकलाई तलब, गुणस्तर सुनिश्चितता तथा प्रत्यायण प्रमाणपत्र (क्यूएए) प्रक्रियाका लागि पूर्वाधार तयार गर्न, गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न, क्याम्पस र समुदायको सम्बन्ध बलियो बनाउन देउसी भैलो खेलेको जनाइएको छ ।

१२ लाख सहयोग गर्नेलाई संरक्षक, सात लाख सहयोग गर्नेलाई सम्मानार्थ संरक्षक, एक लाख सहयोग गर्नेलाई आजीवन सदस्य, ५० हजार सहयोग गर्नेलाई वरिष्ठ सदस्य र ५० हजार भन्दा कम सहयोग गर्नेलाई क्याम्पससभा सदस्य प्रदान गर्ने क्याम्पसले जनाएको छ ।

म्याग्दीको पश्चिम क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरी गाउँपालिकाका कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सदरमुकाम वा जिल्ला बाहिर थप अध्ययनका लागि जानुपर्ने बाध्यात्मक अवस्था अन्त्य गर्न क्याम्पसको पूर्वाधार अभियानमार्फत सङ्कलित आर्थिक बाट बाबियाचौरकै लाम्पाटामा ३३ रोपनी जग्गा समेत खरिद गरी क्याम्पसको भवन, प्रशासनिक भवन, छात्रावास सहितको संरचना समेत बनेको छ ।

हाल यहाँ शिक्षाशास्त्र सङ्काय तर्फ स्नातक तहमा दुई सय ४० जना विद्यार्थी अध्ययनरत छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT