गृहपृष्ठ ∕ नेपाल ∕ मुग्लिनमा बस र हायस ठोक्किँदा ४ जनाको मृत्युमुग्लिनमा बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु नेपालीपत्र शुक्रबार, २०८१ कात्तिक २३ गते, ०८:३२ मा प्रकाशित नेपाल काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।मुग्लिङ बाट नारायणगढ तर्फ आउदै गरेको बा.प्र. ०६–००१ ज. ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढ बाट मुग्लिङ तर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ख. २८१२ नम्बरको बस एक आपसमा ठक्कर खादा चार जनाको मृत्यु भएको हो ।दुर्घटनामा ३ जना पुरुष र १ जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतक सबै हायस बसमा सवार यात्रुहरु हुन् । मृतकहरु मध्ये गोर्खाको आरुघाट गाउँपालिका १ मान्बु बस्ने राज बहादुर गुरुङको मात्र सनाखत भएको प्रहरीले जनाएको छ ।बस चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ बस्ने ४० वर्षीय सूर्यविक्रम विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त दुर्घटनामा अन्य ६ जना घाइते भएको बताइएको छ । #दुर्घटनाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनीकाठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रहस्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेलासुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास ६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमणकाठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइतेताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदाधेरै पढिएका खबर १ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना २ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ३ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ४ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा माग ५ हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक ६ ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै ७ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्डThe Film Nepal