Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान

प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान


काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संसदीय समितिको बैठक आह्वान गरेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न आइतबार बैठक बोलाएको हो । बैठक आगामी आइतबार सिंहदरबारस्थित संसदीय समितिको समितिको सभाकक्षमा बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

समिति सचिवालयका अनुसार प्रधानमन्त्री ओलीलाई समितिमा उपस्थित गराइने प्रयास भइरहेको छ । परराष्ट्रमन्त्री आरजु राणालाई पनि बैठकमा बोलाइएको छ ।

प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते पाँचदिने औपचारिक भ्रमणका लागि चीन जाँदै छन । प्रधानमन्त्रीको चीन भ्रमणमा बीआरआई कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने लगायतको तयारी रहेको बताइएको छ ।

बीआरआई अन्तर्गत ऋण लिन नहुने र हुने दुईथरी मत छ । नेपाली कांग्रेसका सांसदहरूले बीआरआई अन्तर्गत ऋण लिन नहुने र अनुदानमात्रै लिने नीति सरकारले लिनुपर्नेमा जोड दिँदै आएका छन् ।

नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिएको चिनियाँ ऋण मिनाहा होस् भन्नुपर्नेमा एमाले र कांग्रेसको एकमत छ । यी लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको समितिले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

Techie IT