Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालबैकुण्ठ अर्यालले दिए राजीनामा

बैकुण्ठ अर्यालले दिए राजीनामा


काठमाडौँ । राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरह भूमिका दिएका बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् । उनले सोमबारबाट लागू हुने गरी राजीनामा दिएको राष्ट्रिय योजना आयोग स्रोतले जानकारी दिएको छ ।

उनी आइतबार राष्ट्रिय योजना आयोगमा हाजिर भएका थिए । उनले कात्तिक १४ गते भ्रष्टाचार मुद्दामा सफाइ पाएका थिए ।

अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा उनी संलग्न भएको भन्दै गत असार ९ गते अख्तियार दुरूपयोग असुन्धानमा आयोगमा मुद्दा परेपछि मुख्यसचिव रहेका उनी त्यतिबेला निलम्बनमा परेका थिए ।

मुद्दाबाट सफाइ पाएपछि उनको निलम्बन फुकुवा भयो । उनी पुनः जिम्मेवारीमा फर्किएका थिए ।

निलम्बन फुकुवा भएपछि सरकारले राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणी पद सिर्जना गरी पदमा सार्ने निर्णय गरेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

Techie IT