गृहपृष्ठ ∕
नेपाल ∕
सिङ्गापुरको लाहुरे हुँ, बिहे गर्छु भन्दै २७ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने व्यक्ति पक्राउ सिङ्गापुरको लाहुरे हुँ, बिहे गर्छु भन्दै २७ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने व्यक्ति पक्राउ

सांकेतिक फोटो
काठमाडाैँ । फेसबुकलगायत सामाजिक सञ्जालमा नक्कली खाता बनाई ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका वडान नम्बर ५ घर भई काठमाडाैँकाे चन्द्रागिरि बस्ने रुद्रबहादुर गुरुङ रहेका काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
गुरुङले नक्कली खाताको दुरुपयोग गर्दै केटी साथीहरू बनाई आफू फ्रान्स–सिङ्गापुरको लाहुरे हुँ, तिमीलाई मन पराउँदछु, बिहे गरी सिङ्गापुर लैजान्छु, सिङ्गापुर लैजानका लागि कागजात बनाउनुपर्छ, त्यसबापत पैसा लाग्द घनी ठगी गरेका थिए । उनले आफ्नो हुलिया एवम् परिचय परिवर्तन गरी काठमाण्डौ, चितवनका विभिन्न ठाउँमा भेटन बोलाई चेक तथा नगरी गरी १६ लाख ८३ हजार ६ सय र विभिन्न व्यक्तिको नाममा रहेका २६ वटा ई–सेवा वालेटमा १० लाख ९९ हजार ६ सय गरी २७ लाख ८३ हजार दुई सय रुपैयाँ ठगी गरेका थिए ।
ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि गुरुङलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो