गृहपृष्ठ ∕
नेपाल ∕
मन्त्री हेरफेरको कुरा हल्ला मात्रै हो: गृहमन्त्री लेखक मन्त्री हेरफेरको कुरा हल्ला मात्रै हो: गृहमन्त्री लेखक
धनगढी। गृहमन्त्री रमेश लेखकले मन्त्री परिबर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन्। बिहीबार नेपाल प्रेस युनियन कैलालीले कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री हेरफेरको चर्चाबारे गरिएको प्रश्नमा उनले यस्तो बताएका हुन्। उनले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताए।
गृहमन्त्री लेखकले मन्त्री हेरफेरको विषय मन्त्रिपरिषद्मा अहिलेसम्म नउठेको बताए। ‘मन्त्री फेर्ने अधिकार प्रधानमन्त्रीमा निहीत भएपनि आजको समयसम्म त्यसबारे कुनै कुरा उठेको छैन,’ उनले भने।
सरकार र मन्त्रालयले गरेका कामको परिणाम बिस्तारै देखिन थालेकाले अहिले नै कुनै पनि मन्त्री फेरिने सम्भावना नरहेको लेखकको भनाइ छ। उनकै गृहमन्त्री पद जाँदैछ भन्ने हल्लाप्रति संकेत गर्दै लेखकले यस्तो स्पष्टीकरण दिएका हुन्।
अर्को प्रशंगमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर सत्ता गठबन्धनमा कुनै समस्या नरहेको स्पष्ट पारे।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली,
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि
काठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका
काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका
काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित
काठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे