गृहपृष्ठ ∕ नेपाल ∕ मन्त्री हेरफेरको कुरा हल्ला मात्रै हो: गृहमन्त्री लेखकमन्त्री हेरफेरको कुरा हल्ला मात्रै हो: गृहमन्त्री लेखक नेपालीपत्र बिहीबार, २०८१ मंसीर ६ गते, १५:१० मा प्रकाशित नेपाल धनगढी। गृहमन्त्री रमेश लेखकले मन्त्री परिबर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन्। बिहीबार नेपाल प्रेस युनियन कैलालीले कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री हेरफेरको चर्चाबारे गरिएको प्रश्नमा उनले यस्तो बताएका हुन्। उनले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताए।गृहमन्त्री लेखकले मन्त्री हेरफेरको विषय मन्त्रिपरिषद्मा अहिलेसम्म नउठेको बताए। ‘मन्त्री फेर्ने अधिकार प्रधानमन्त्रीमा निहीत भएपनि आजको समयसम्म त्यसबारे कुनै कुरा उठेको छैन,’ उनले भने।सरकार र मन्त्रालयले गरेका कामको परिणाम बिस्तारै देखिन थालेकाले अहिले नै कुनै पनि मन्त्री फेरिने सम्भावना नरहेको लेखकको भनाइ छ। उनकै गृहमन्त्री पद जाँदैछ भन्ने हल्लाप्रति संकेत गर्दै लेखकले यस्तो स्पष्टीकरण दिएका हुन्।अर्को प्रशंगमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर सत्ता गठबन्धनमा कुनै समस्या नरहेको स्पष्ट पारे। #गृहमन्त्री #रमेश लेखकग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो २ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त ३ विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन्ः मन्त्री साउद ४ म्यानमारविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा ५ जिम्बावेले वेस्ट इन्डिजलाई हरायो ६ नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्योः पूर्वप्रधानमन्त्री डा भट्टराई ७ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशनThe Film Nepal