Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालघरको फोहोर सडकमा फाल्नेलाई महानगरले तिरायो जरिवाना

घरको फोहोर सडकमा फाल्नेलाई महानगरले तिरायो जरिवाना


काठमाडौँ । सडकमा फोहोर फ्याँक्ने एक व्यक्तिलाई काठमाडौँ महानगरपालिकाले जरिवाना गराएको छ । काठमाडौँ महानगरपालिका-१४ स्थित कुलेश्वरमा घरको फोहोर सडकमा फालेको भन्दै ती व्यक्तिलाई १० हजार जरिवाना गराइएको हो।

जरिवानामा पर्नेमा कुबेर थापा नाम गरेको व्यक्ति रहेको महानगरपालिकाले जनाएको छ । यसअघि हिजो सोमबार सडक हिलो बनाएको भन्दै वडा नम्बर ४ स्थित मानश्री मार्गमा स्वता शाहलाई २५ हजार जरिवाना गराइएको थियो ।

पछिल्लो समय प्रशासनिक दण्ड, जरिवाना र जफतमा काठमाडौँ महानगर आक्रामक देखिएको छ । महानगरले चालु आर्थिक वर्षको आर्थिक ऐनको अनुसूची १६ मा २० वटा बुँदामा दण्ड-जरिवानाको व्यवस्था गरेको छ ।

महानगरले गत शुक्रबार दरबारमार्गमा सभा आयोजना गर्ने क्रममा फोहोर गरेको भन्दै सत्तारुढ दल नेकपा एमालेलाई पनि जरिवाना तोकेको थियो । यद्यपि, एमालेले उक्त जरिवाना स्वीकार गरेको छैन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT