गृहपृष्ठ ∕
नेपाल ∕
सर्वाेच्चद्वारा दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार सर्वाेच्चद्वारा दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार
काठमाडौं । सर्वाेच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्तगर्ने अस्वीकार गरेको छ ।
प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्ना बाबुलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी सहित गत शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । त्यसको सुनुवाइ गर्दै सर्वाेच्चले थुनामुक्त गर्न अस्वीकार गरेको हो । सर्वाेच्चका न्यायाधीशद्वय शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । सर्वोच्चको यो आदेशपछि प्रसाईं थुनामै रहने भएका छन् ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री के.पी. शर्मा ओली विरुद्ध मिथ्या र गलत सामग्री सहित दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई मंसिर ४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भक्तपुर निवासबाट पक्राउ गरेको थियो ।
त्यसपछि उनलाई जिल्ला अदालत काठमाडौंले प्रहरी हिरासतमा राख्न अनुमति दिएको थियो । प्रसाईंले प्रधानमन्त्री ओलीको कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा २१ करोड (साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) अमेरिकी डलर लगानी रहेको भन्दै सामाजिक संजाल मार्फत सार्वजनिक गरेका थिए । प्रसाईंले सार्वजनिक गरेको सो समाचार झुठो र भ्रामक भएको बताइएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो