Techie IT
२०८१ मंसीर २५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालपालिका उपचुनावको प्रचारका लागि आज अन्तिम दिन

पालिका उपचुनावको प्रचारका लागि आज अन्तिम दिन


काठमाडाैँ । आउँदो आइतवार हुने पालिका उपचुनावको लागि आज राति १२ बजेदेखि मौन अवधि शुरू हुँदैछ ।

मतदानको समयभन्दा ४८ घण्टाअघि मौन अवधि शुरू हुने भएकाले भोलिदेखि दल र उम्मेदवारहरुले चुनावी प्रचार गर्न पाउँदैनन् ।अब राजनीतिक दल र उम्मेदवाहरूलाई प्रचारप्रसारको लागि आजको दिन मात्रै बाँकी छ ।

नगरपालिका र गाउँपालिकाको मेयर, उपमेयर तथा अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष गरी ४१ पदका लागि ३ सय ७६ जनाले उम्मेदवारी दिएका छन् । २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत ३ सय ७६ जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

चुनाव हुने सबै ठाउँमा उत्साह भए पनि सबैभन्दा बढी चर्चा काठमाडाैँकाे कीर्तिपुरमा छ । नगरपालिकाको मेयरको लागि कीर्तिपुरमा मात्रै उपचुनाव हुने भएकाले दल र उम्मेदवारको ध्यान पनि यहीँ बढी केन्द्रित भएको छ । यहाँ मेयर पदका लागि २० जनाले उम्मेदवारी दिएका छन् ।

कांग्रेसले कृष्णमान डङ्गोल, एमालेले डा.सुरेन्द्र मानन्धर, माओवादीले प्रा.डा.शिवशरण महर्जन, राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवारमा बनाएका छन् । स्वतन्त्रबाट ११ जनाले उम्मेदवारी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने जनाए पनि कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन ।

उपचुनावको नतिजाले आउँदो चुनावसम्मलाई प्रभाव पार्न सक्ने भएकाले दल र उम्मेदवारहरुले यसलाई प्रतिष्ठा र महत्त्वको रुपमा लिएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा बिर्तामोडका पूर्वमेयर पक्राउ

विराटनगर । बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् । घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा शिवाकोटी पक्राउ

रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको…

रौतहट। रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा स्कर्पियो जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ । बालबालिकासहित

चीनमा नेपालको पर्यटन प्रवर्द्धन

काठमाडौं । चीनका दुई सहरमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले चीनका ग्वान्जाउ

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज(मंगलबार) विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ

पर्सामा रवि लामिछाने सँग आज पनि बयान हुने

काठमाडौँ । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मंगलबारबाट पर्सामा बयान हुने भएको छ ।

नुवाकोटको नुचेतमा दुई छोरासहित आमा मृत फेला

नुवाकाेट । नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा आमा र दुई जना छोरा मृत भेटिएका छन् । हिजो २४ वर्षीया चन्दीमाया तामाङ

Techie IT