Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालस्थानीय प्रतिभाहरुलाई अवसर प्रदान गर्दै द ब्रिटिस कलेजको ‘करिअर फेस्ट– २०२४’ सफलतापूर्वक सम्पन्न

स्थानीय प्रतिभाहरुलाई अवसर प्रदान गर्दै द ब्रिटिस कलेजको ‘करिअर फेस्ट– २०२४’ सफलतापूर्वक सम्पन्न


काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजमा ‘टीबीसी करिअर फेस्ट– २०२४’ सम्पन्न भएको छ । सोमबार र मंगलबार थापाथलीस्थित कलेज परिसरमा ‘ग्रोथ सेलर्स’सँगको सहकार्यमा करिअर फेस्ट सम्पन्न भएको हो ।

कलेजका विद्यार्थीहरुमात्रै नभई स्थानीय प्रतिभाहरुलाई अवसर प्रदान गर्ने उदेश्यले आयोजना भएको कार्यक्रममा ७५ भन्दा बढी प्रतिष्ठित राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता रहेको थियो । सहभागी कम्पनीहरुले १ हजार ७०० भन्दा बढी विधार्थीहरुसँग ‘जब इन्टरभ्यू’ लिएका थिए । उनीहरुमध्ये १ हजार १४० जना विद्यार्थी बिभिन्न ७४ वटा कलेजका विद्यार्थीहरु रहेका थिए ।

कार्यक्रमको औपचारिक सुरुवात ब्रिटिस कलेजका म्यानेजिङ डाइरेक्टर महेन्द्र राज कँडेलले ज्यूले स्वागत मन्तब्य राख्दै गरेका थिए । त्यसपछि प्रतिष्ठित कम्पनीका प्रतिनिधिहरुले सहभागीहरुलाई बिभिन्न सेसनहरुमार्फ व्यावहारिक जानकारी समेत प्रदान गरेका थिए । यसैक्रममा एसियन पेन्ट्स नेपालका हेड अफ ह्युमन रिसोर्स श्याम कृष्णनले प्रविधिले रोजगारको क्षेत्रमा पारेको प्रभावबारे आफ्ना धारणाहरु राखेका थिए । आईएमई ग्रुपका निर्देशक निशान ढकालले भने करियर निर्माणको लागि व्यावहारिक सुझावहरू प्रदान गरे ।

कार्यक्रमको दोस्रो दिन प्लान इन्टरनेशनल नेपालको एचआर म्यानेजर प्रशंसा सुवेदीले ‘रोजगारीको पहुँच विस्तार र अवसरलाई नेपालमा कसरी प्रवर्धन गर्ने’ शीर्षकमा आफ्ना भनाईहरु राखेका थिए । सुवेदीले रोजगारीको क्षेत्रमा रहेका समस्या उजागर गर्दै समाधानका उपायहरु समेत प्रस्तुत गरे ।

‘नेपालमा भविष्यको रोजगारः र एआईले रोजगारी ट्रेण्डलाई कसरी पुनःआकार दिँदैछ’ विषयको प्यानल छलफलमा ग्लोबल आईएमई बैंकका उप–कार्यकारी निर्देशक सुमन पोखरेल, क्लाउड फ्याक्ट्रीका कन्ट्री म्यानेजर प्रशान्त पोखरेल र लोटस होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत अजीत शाह सहभागी भएका थिए ।

ब्रिटिस कलेजका डेपुटी प्रिन्सिपल डा. प्याट्रिक म्याक्रुडेनले प्रविधिको सदूपयोग गरेर नेपालमा नै अवसर सिर्जना गर्नुपर्ने कुरामा जोड दिए । एआईले मानिसको काम नखोसेको बरु एआईको प्रयोगबाट उत्पादन क्षमता बढाउन सकिने धारणा राखे । ‘टीबीसी करियर फेस्ट– २०२४’ नेपालका उत्कृष्ट प्रतिभाहरु देशमै राख्ने र उनीहरुलाई देशभित्रै वृद्धि र विकासको अवसर प्रदान गर्ने मञ्च भएको उनको भनाई छ । प्यानल डिस्कसनको संचालन भने ग्रोथ सेलर्सकी सीओओ रचिका करण्जितले गरेका थिए ।

सहभागी रोजगारदाताहरूले ब्रिटिस कलेजको करिअर फेस्टको गुणस्तर र यसले विस्तार गरेको पहुँचको खुलेर प्रशंसा गरेका छन् । नेपालमा रिक्रुटमेन्टको नयाँ मापदण्ड स्थापीत गर्न कलेजको भूमिका अहम् रहेको सहभागी कम्पनीहरुको प्रतिक्रिया छ । त्यस्तै, अवसरको खोजीमा रहेकाहरुले पनि सकारात्मक प्रतिक्रिया दिँदै आफूहरुको सम्भावनालाई सहि आकार दिन फेस्ट फलदायी भएको बताए ।

‘टीबीसी करिअर फेस्ट– २०२४’ स्थानीय अवसरहरूको प्रवद्र्धन, रोजगारी बजारका चुनौतीहरूको समाधान, र आगामी पुस्ताका प्रोफेशनलहरुलाई प्रेरित गर्न महत्वपूर्ण कदमका रूपमा खडा भएको कलेजको विश्वास छ । कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सहभागी कम्पनीहरू, वक्ताहरू, प्यानलिस्टहरु र उपस्थित सबैप्रति द ब्रिटिस कलेज आभार व्यक्त गर्दछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र

दोषी ठहर भएर फरार रहेका ३१ जना प्रतिवादी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीका

पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ३ करोड ११ लाख भेटी…

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।

भृकुटी कागज कारखाना १४ वर्षदेखि पूर्णरुपमा बन्द

नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै

पर्वतमा धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै

पर्वत । पर्वतका धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै गएको छ । विगत पाँच वर्ष यता धान खेती हुने क्षेत्रफल

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ

Techie IT