Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालचितवनमा बयान सकिए पछि रविलाई राति नै पोखरा पुर्‍याइयो

चितवनमा बयान सकिए पछि रविलाई राति नै पोखरा पुर्‍याइयो


चितवन । सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति रवि लामिछानेको चितवनमा बयान सकिए सँगै रातारात गाडीमा पोखरा लगिएको छ ।

बुधबार राति ८ बजे सम्ममा चितवनमा बयान लिने काम सकिए पछि लामिछानेलाई गाडीमा राखेर राति नै पोखरा लगिएको हो । लामिछानेलाई राति जिल्ला प्रहरी कार्यालय चितवनकै हिरासतमा राखिने भनिए पनि सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै आइतबार म्याद थप गर्नु पर्ने भएकाले पोखरा पुर्‍याइएको प्रहरीको भनाइ छ ।

लामिछानेलाई चितवन ल्याएपछि रा.स्व.पा.ले बुधबार भरतपुरमा प्रदर्शन गरेको थियो । दिउँसो केही बेर जिल्ला प्रहरी कार्यालय अगाडि रा.स्व.पा.का कार्यकर्ता र प्रहरी.बीच झडप समेत भएको थियो । झडपमा प्रहरी र प्रदर्शनकारी दुवै तर्फ केही व्यक्ति घाइते भएका थिए ।

चितवन जिल्ला सरकारी वकील कार्यालयले मंगलबार र बुधबार दुई दिन लामिछानेको बयान लिएको थियो । पहिलो दिन पाँच घण्टा र दोस्रो दिन १० घण्टा बयान लिइएको थियो । दुई दिनमा लामिछानेलाई ७५ वटा प्रश्न गरेर बयान लिइएको स्रोतले जानकारी दिएको छ । उनको लिखित बयान करिब ४२ पृष्ठको छ ।

लामिछाने विरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले मंसिर ५ गते उनी सहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यसबीच लामिछाने विरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ ।

वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न बुधबार पर्सा जिल्ला अदालतले लामिछाने सँगै गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष पूर्व डी.आई.जी. छविलाल जोशी सहित १४ जनालाई पक्राउ अनुमति दिएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र

दोषी ठहर भएर फरार रहेका ३१ जना प्रतिवादी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीका

पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ३ करोड ११ लाख भेटी…

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।

भृकुटी कागज कारखाना १४ वर्षदेखि पूर्णरुपमा बन्द

नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै

पर्वतमा धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै

पर्वत । पर्वतका धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै गएको छ । विगत पाँच वर्ष यता धान खेती हुने क्षेत्रफल

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ

Techie IT