Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालकान्तिपुर हाइस्कुलद्वारा साइबर अपराध सचेतना कार्यक्रम सञ्चालन

कान्तिपुर हाइस्कुलद्वारा साइबर अपराध सचेतना कार्यक्रम सञ्चालन


काठमाडौँ। धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस)ले साइबर अपराध सचेतना कार्यक्रम सञ्चालन गरेको छ। नेपाल प्रहरीको साइबर अपराध विभागसँगको सहकार्यमा स्कुलले कक्षा ७ देखि १० सम्मका विद्यार्थी र उनीहरूका अभिभावकहरूलाई लक्षित गरी कार्यक्रमको आयोजना गरेको हो।

स्कुलमा नै भएको सचेतना कार्यक्रममा नेपाल प्रहरी साइबर क्राइम विभागका एसएसआई हुमबहादुर राणा नेतृत्वमा अन्तरक्रियात्मक सत्र प्रस्तुत भएको थियो। कार्यक्रममा विद्यार्थी र अभिभावकहरूलाई साइबर खतराहरूको बुझाइ बढाउन र जोखिमहरू कम गर्न व्यावहारिक रणनीतिहरू प्रदान गर्न डिजाइन गरिएका विषयहरू समेटिएको थियो।

सहभागीहरूले ह्याकिंग, फिसिङ, अनलाइन घोटालाहरू, व्यक्तिगत जानकारीको सुरक्षा, गोपनीयता उल्लङ्घन र पहिचान चोरीबाट जोगाउन सुरक्षित अनलाइन अभ्यासहरू लागयतको विषयमा जानकारी प्राप्त गरेका थिए।

आजको डिजिटल युगमा प्रविधिहरुलाई अंगिकार गर्नुपर्ने आवश्यकता रहेको तर, प्रयोगमा चुनौति समेत हुने भएकोले सम्भावित घटनाहरु घट्न नदिनको लागि कार्यक्रम फलदायी रहेको स्कुलको भनाई छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT