Techie IT
२०८२ फागुन १९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालसंसदीय सुनुवाइ समिति अवैध भन्दै नाराबाजी

संसदीय सुनुवाइ समिति अवैध भन्दै नाराबाजी


काठमाडौँ। मुलुककको उच्च ओहदाको नियुक्तिबार छिनोफानो गर्ने संसदीय सुनुवाइ समितिमै नाराबाजी भएको छ। उजुरीकर्ताले संसदीय सुनुवाइ समितिको वैधता कायम गर्न बुधबार बिहान ११ बजे समितिबाहिरै नाराबाजी हुन्।

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएकाहरुले छलफल अघि संसदीय सुनुवाइ समितिको वैधता कायम गर्न भन्दै नाराबाजी गरेका हुन्। सुनुवाइ गर्ने तयारीमा रहेको समिति गठनमा वैधता कायम गर्न १५ जनाले निवेदन दिएका छन्। उजुरीकर्ताले सुनुवाइ समिति नै अवैध भएको भन्दै यसको वैधता कायम गरेर मात्र सुनुवाइ प्रक्रिया अगाडि बढाउन माग गर्दै निवेदन दिएका थिए। तिनै उजुरीकर्ताहरुले संसदीय सुनुवाइ समितिको वैधता कायम गर्न भन्दै नाराबाजी गरेका हुन्।

समितिले प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिएका २९ जनालाई बुधबार छलफलका लागि बोलाएको हो। समितिलाई आफ्नो उजुरीबारे बताउन पुगेका उजुरी कर्ताहरूले संसदीय सुनुवाइ समितिको गठन र त्यसको काम कारबाहीको अवैधताकै विषयमा प्रश्न उठाएपछि सुनुवाइ प्रक्रिया केहीबेर रोकियो।

कुनै पनि कानुन वा नियमावली कार्यान्वयन गर्नका लागि राजपत्रमा प्रकाशित गर्नुपर्ने बाध्यकारी कानूनी व्यवस्था भए पनि संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० ले त्यो प्रक्रिया पूरा नगरेको उजुरीकर्ताहरूले दाबी गरेका छन्।

जेठ १४ गते संयुक्त सदनले पारित गरेको नियमावली अहिलेसम्म पनि राजपत्रमा प्रकाशित नभएको पाइएको छ। राजपत्रका नियमावली प्रकाशित नगरी सुनुवाई समिति गठन गरेको र कार्कीको सुनुवाई अघि बढाएको कार्य अवैध रहेको उनीहरूको भनाई छ।

सुनुवाइ समितिले बुधबार उजुरीकर्ताहरुसँग छलफल गरेर भोलि (बिहीबार)सुनुवाइका लागि प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई बोलाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

Techie IT