Techie IT
२०८१ पुस २९, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालपर्सामा रवि लामिछाने सँग आज पनि बयान हुने

पर्सामा रवि लामिछाने सँग आज पनि बयान हुने


काठमाडौँ । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मंगलबारबाट पर्सामा बयान हुने भएको छ ।

पर्साको वीरगञ्ज स्थित सानो पाइला सहकारी संस्थाको रकम गोरखा मिडियामा अपचलन गरेको आरोपमा बयान लिन रविलाई हवाइ मार्ग हुँदै पोखर बाट काठमाडौं हुँदै सोमबार पर्सा लगिएको हो ।

पर्सा स्थित जिल्ला सरकारी वकिलको कार्यालयले आज रवि सँग औपचारिक बयान लिन लागेको हो । यस अघि सोमबार पर्सा प्रहरीले प्रारम्भिक बयान लिएको छ । लामिछाने सहकारी ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौं बाट पक्राउ परेका थिए ।

चितवन, रुपन्देही र काठमाडौं स्थित सरकारी वकिल कार्यालयमा रविको बयान लिने काम सम्पन्न भइसकेको छ । उनी माथि प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई भने यस अघि नै पर्सा लगेर बयान लिसकेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा…

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी

रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले प्रहरीको जिम्मा लगाउन आदेश

अध्यादेश मार्फत कानुन बनाउनु गलत: कांग्रेस नेता साउद

रुपन्देही । नेपाली कांग्रेसका नेता एनपी साउदले दुईतिहाइ बहुमतको सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकारात्मक नभएको बताएका छन् । आज रुपन्देहीको

शीतलहरले जनजीवन प्रभावित

जलेश्वर । विगत पाँच दिन देखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरी सहित तराई मधेसमा जनजीवन प्रभावित भएको

अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क खाता खोल्न सकिने

काठमाडाैँ । आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ ।

खोटाङको बुइपामा आयातित पेयपदार्थमा प्रतिबन्ध

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा स्थित चार वटा टोलका स्थानीयले आयातित पेयपदाथ सेवनमा प्रतिबन्ध लगाएका छन् । आयातित

Techie IT