Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालचीनमा नेपालको पर्यटन प्रवर्द्धन

चीनमा नेपालको पर्यटन प्रवर्द्धन


काठमाडौं । चीनका दुई सहरमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले चीनका ग्वान्जाउ र सेन्जेनमा नेपालको पर्यटन प्रवर्द्धन गरेको हो ।

ग्वान्जाउ इन्टरनेसनल ट्राभल फेयरको निमन्त्रणामा मंसिर १७ गते ग्वान्जाउमा र मंसिर १९ गते चीनको सेन्जेनमा आयोजित ट्राभल फेयर र नेपाल इन्डिया चाइना एक्स्पो (नाइस) रोड सोमा सहभागिता जनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गरिएको हो ।

कार्यक्रममा सहभागी दुई सय ५० भन्दा बढी ‘आउटबाउन्ड टुर अपरेटर’ र मिडिया प्रतिनिधिसमक्ष गन्तव्य नेपाल र आगामी फागुन १२ देखि २६ गतेसम्म पोखरामा आयोजना हुने नाइस कार्यक्रमको प्रवर्द्धन गरिएको पाटा नेपालले विज्ञप्तिमार्फत जनाएको हो ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाई, प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडाल र नाइस २०२५ का सद्भावना दूत तथा चीन बजारका विज्ञ सल्लाहकार प्रा.डा. वोल्फगाङ जोर्ज अर्लटले नेपालको पर्यटन सम्भावना उजागर गर्दै पर्यटन विकास र प्रवर्द्धनमा जोड दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा चिनियाँ सरकारद्वारा “नेपाल पर्यटन वर्ष २०२५”को औपचारिक घोषणासँगै नाइस कार्यक्रमलाई अपेक्षित उद्देश्य प्राप्तिका लागि सहयोग पुग्ने अध्यक्ष लकाईले बताए । उनले चिनियाँ टुर अपरेटरलाई नाइसमा सहभागी हुन निमन्त्रणा गर्दै प्राकृतिक सौन्दर्य, समृद्ध संस्कृति र असीमित सम्भावनाको साक्षी बन्न आग्रह गरे ।

हालसम्म, चीन र भारतबाट दुई सयभन्दा बढी क्रेताले नाइसका लागि आवेदन दर्ता गरिसकेको पाटा नेपालले जनाएको छ । रोड सोले चिनियाँ आउटबाउन्ड अपरेटरबीच कार्यक्रमको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको जनाइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

Techie IT