Techie IT
२०८१ पुस २९, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालजाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो

जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो


काठमाडाैँ । जाजरकोटको नलगाड नगरपालिकामा गएराति जीप पल्टिँदा पाँच जनाको ज्यान गएको छ । अरु दुईजना घाइते भएका छन् ।

नलगाड पाँच कालिमाटीबाट नलगाड तीन करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको जीप गएराति सडकबाट करिब सात सय मिटर तल खोलामा खसेको जाजरकोट प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा नलगाड नगरपालिका ३ करुवा बस्ने जीप चालक अन्दाजी ३१ वर्षीय इन्द्रजित थापा, त्यही वडाकै अन्दाजी ६४ वर्षीया शिला पुन, अन्दाजी ३२ वर्षीया शारदा थापा, अन्दाजी १७ वर्षीया लक्ष्मी पुन रोका र उहाँको एक महिनाको छोरा आलोचन रोकाको ज्यान गएको हो ।

घाइतेमध्ये एक जना उपचारपछि घर फर्किसकेका र अर्का एक जनाको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा…

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी

रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले प्रहरीको जिम्मा लगाउन आदेश

अध्यादेश मार्फत कानुन बनाउनु गलत: कांग्रेस नेता साउद

रुपन्देही । नेपाली कांग्रेसका नेता एनपी साउदले दुईतिहाइ बहुमतको सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकारात्मक नभएको बताएका छन् । आज रुपन्देहीको

शीतलहरले जनजीवन प्रभावित

जलेश्वर । विगत पाँच दिन देखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरी सहित तराई मधेसमा जनजीवन प्रभावित भएको

अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क खाता खोल्न सकिने

काठमाडाैँ । आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ ।

खोटाङको बुइपामा आयातित पेयपदार्थमा प्रतिबन्ध

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा स्थित चार वटा टोलका स्थानीयले आयातित पेयपदाथ सेवनमा प्रतिबन्ध लगाएका छन् । आयातित

Techie IT