Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालसालझण्डी–ढोरपाटन खण्डः १४ वर्षमा ३० प्रतिशत काम

सालझण्डी–ढोरपाटन खण्डः १४ वर्षमा ३० प्रतिशत काम


बागलुङ । सालझण्डी–ढोरपाटन खण्ड आयोजनाको काम १४ वर्षमा ३० प्रतिशत मात्र सम्पन्न भएको छ । पहाडी जिल्लालाई तराई सँग जोड्नका लागि विसं २०६७ देखि शुरु भएको आयोजनाको कामले गति लिन नसकेको हो ।

रुपन्देहीको सालझण्डी बाट शुरु भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङगरी पाँच जिल्लालाई जोडेको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने मुख्य मार्गका रूपमा रहेको यस खण्डको ट्र्याक खुले देखि स्तरोन्नति हुन नसकेको हो ।

सालझण्डी बाट ढोरपाटन सम्म एक सय ९७ किलोमिटर लामो यस खण्ड अन्तर्गत हाल सम्म १८ कि.मी. मात्रै कालोपत्र भएको आयोजना कार्यालयले जनाएको छ । सोमध्ये रुपन्देहीमा ४ दशमलव ५ कि.मी. र अर्घाखाँचीमा १३ दशमलव ५ कि.मी. मात्रै सडक कालोपत्र भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयकी सूचना अधिकारी इञ्जिनियर कृष्टिना थापाले जानकारी दिए । अहिले ५ वटै जिल्लाका विभिन्न खण्डमा ग्राभेलिङ सहित काम भइरहेका उनले बताए ।

इञ्जिनियर थापाका अनुसार बागलुङको बुर्तिबाङ बाट फल्लेघर सम्मको २२ कि.मी. ग्राभेल हुँदैछ भने रुपन्देही र पाल्पाको खण्ड अन्तर्गत कञ्चनखोला बाट खुर्साने सम्म १३ दशमलव ५ कि.मी. कालोपत्र भइरहेको छ । उनले पाल्पाको खुर्साने बाट अर्घाखाँचीको पतौट सम्मको २२ कि.मी. सडक पनि कालोपत्र भइरहेको जानकारी दिए ।

त्यस्तै, अर्घाखाँचीको माटे बाट भण्डारा सम्म ७ कि.मी., गुल्मीको पुर्कोटदह बाट सिर्सेनी सम्मको १९ कि.मी., सिर्सेनी बाट गुल्मीको अर्खबाङ सम्मको ८ दशमलव २ कि.मी. सडक कालोपत्र भइरहेको थापाले उल्लेख गरे । अर्घाखाँचीमा १८, गुल्मी र बागलुङ सात/सात गरी ३२ कि.मी. सडक स्तरोन्नतिको काम अझै सुरु हुन नसकेको उनले बताए । पर्याप्त बजेट नआउँदा आयोजनाको प्रगति कम भएको उनको भनाइ छ ।

ट्र्याक खुलेको लामो समय सम्म सडक स्तरोन्नति नहुँदा ढोरपाटन पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्नुपरेको ढोरपाटन–९ का बमबहादुर सुनारले बताए । साँघुरो सडक, खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारी साधन बीच बाटोमा बिग्रिने हुँदा अलपत्र पर्ने गरेका उनको भनाइ छ ।

बर्खाको समय ठप्प हुने भन्दै हिउँदको समयमा पनि यातायातका साधन सहज रुपमा सञ्चालन हुन नसक्ने सुनारले बताए । “यो विकट ठाउँमा सडक आए पछि ठूलो राहत भए पनि लामो समय सम्म कालोपत्र नहुँदा यहाँका हजारौँ स्थानीय र पर्यटकले दुःख पाउँदै आएका छन् । टाढा टाढा बाट पर्यटक ढोरपाटन घुम्न आउँछन् तर, बाटोको दूरावस्थाले गर्दा अर्को पटक आउने योजना सायद बनाउँदैनन्”, उनले भने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र

दोषी ठहर भएर फरार रहेका ३१ जना प्रतिवादी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीका

पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ३ करोड ११ लाख भेटी…

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।

भृकुटी कागज कारखाना १४ वर्षदेखि पूर्णरुपमा बन्द

नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै

पर्वतमा धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै

पर्वत । पर्वतका धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै गएको छ । विगत पाँच वर्ष यता धान खेती हुने क्षेत्रफल

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ

Techie IT