Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालभारतका पूर्व प्रधानमन्त्री सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली व्यक्त

भारतका पूर्व प्रधानमन्त्री सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली व्यक्त


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

ओलीले सामाजिक सञ्जालमार्फत नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवादहरु सम्झिरहेको उल्लेख गर्दै श्रद्धाञ्जली दिएका हुन् ।

उनले लेखेका छन्, ‘मित्रराष्ट्र भारतका पूर्व प्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा.मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरु सम्झिरहेको छु । दिवङ्गत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’

सिंहको गएराति दिल्लीमा रहेको एम्स अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको थियो । सिंह भारतको दुई कार्यकाल २२ मे २००४ देखि २६ मे २०१४ सम्म भारतको प्रधानमन्त्री भएका थिए ।

सन् १९९१–९६ सम्म भारतको अर्थमन्त्री रहेका सिंहलाई भारतको आर्थिक उदारीकरणका नायक मानिन्छ ।

नेपालको राजनीतिक मामिलामा पनि सिंह अविस्मरणीय पात्र थिए । उनी भारतको प्रधानमन्त्री भएकै बेला नेपालका प्रमुख दल र तत्कालीन विद्रोही माओवादीबीच नयाँ दिल्लीमा १२ बुँदे सम्झौता भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT