गृहपृष्ठ ∕ नेपाल ∕ दरौँ खोलामा ‘ट्रस ब्रिज’ निर्माणदरौँ खोलामा ‘ट्रस ब्रिज’ निर्माण नेपाली पत्र बिहीबार, २०८० जेठ ३२ गते, ०७:३१ मा प्रकाशित नेपाल स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको सदरमुकाम अर्जुनचौपारी बजार छेउ भएर बग्ने दरौँ खोलामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ । अर्जुनचौपारी–१ र २ लाई जोड्न उक्त पुल निर्माण गरिएको हो ।अर्जुनचौपारी बजारलाई दुई भागमा विभाजन गर्दै दरौँ खोला बगेको छ । मुख्य बजारको बीच भागमा तीन दशकअघि निर्माण गरिएको झोलुङ्गे पुल जीर्ण बनेपछि ट्रस ब्रिज निर्माण गरिएको हो । झोलुङ्गे पुलमा प्रयोग गरिएको काठ कुहिएपछि दुर्घटनाको जोखिम थियो । स–साना बालबालिकालाई विद्यालय जान असहज भएको थियो ।“पुल जीर्ण बनेपछि आवतजावतमा समस्या भएको थियो”, अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले भने– “बजारको बीच भागमा रहेकाले लठ्ठा तानेर पुल बनाउन नमिल्ने भएपछि ‘ट्रस ब्रिज’ को डिजाइन गरी पुल निर्माण गरेका हौँ ।”सङ्घीय सरकारको रु २९ लाख, गाउँपालिकाको रु २० लाख र स्थानीयवासीको रु एक लाखको लागतमा पुल निर्माण सम्पन्न भएको हो । पुलको लम्बाइ ३२ मिटर रहेको छ । #ट्रस ब्रिजग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ बढ्यो प्याजको मूल्य २ अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी ३ अमेरिकाले सिरियामा फेरि बम खसाल्यो ४ तनहुँमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको मृत्यु ५ उपप्रधानमन्त्री श्रेष्ठ र पाकिस्तानी राजदूत हाश्मीबिच भेटवार्ता ६ ललितपुरमा चिनियाँ र फिलिपिनीले सञ्चालन गरेको कलसेन्टरमा छापा, ५० जना पक्राउ ७ ब्रिटिस कलेजका पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जानेThe Film Nepal