Techie IT
२०८२ असार २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालविपद् उद्धारमा खटिने स्वयंसेवकको सी विकासका लागि पाठ्यक्रम बनाइँदै

विपद् उद्धारमा खटिने स्वयंसेवकको सी विकासका लागि पाठ्यक्रम बनाइँदै


काठमाडौं । सरकारले विपद् व्यवस्थापन (उद्धारलगायत)मा परिचालन हुने स्वयंसेवकलाई सीपयुक्त बनाउन पाठ्यक्रम निर्माण गर्ने भएको छ । अहिलेसम्म सेना, प्रहरी तथा रेडक्रसले आआफ्नै तरिकाले पाठ्यक्रम तयार गरी स्वयंसेवक तालिम दिँदै आएकामा अब गाउँगाउँमा खटिने विपद् उद्धार स्वयंसेवकलाई दक्ष बनाउन एकीकृत पाठ्यक्रम तर्जुमा गर्न लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सहसचिव डा. भीष्मकुमार भुसालले स्वयंसेवकलाई सीपयुक्त बनाउनसके विपद् उद्धारमा तत्काल परिचालन गरी क्षति कम गर्न सकिने निष्कर्षका साथ एकीकृत पाठ्यक्रम बनाउन थालिएको र हाल प्रारम्भिक मस्यौदा तयार गरिसकिएको जानकारी दिए ।

नेपालमा बाढी, पहिरोलगायत विपद् उद्धारका लागि एक लाख तीन हजार स्वयंसेवकले प्राधिकरणको प्रणालीमा नाम लेखाएका छन् तर विपद् उद्धारमा स्वयंसेवकहरु खासै परिचालन हुने गरेका छैनन् । ती स्वयंसेवकबाहेक रेडक्रस, स्काउट र नगर प्रहरीहरू पनि छन् । विपद्का बेला सुरक्षा निकाय (सेना जनपद र सशस्त्र प्रहरी) मात्रै खटिले गरेका छन् ।

स्वयंसेवकलाई पनि दक्ष र सीपयुक्त बनाउन सके विपद् व्यवस्थापनमा योगदान दिनसक्ने हुँदा पाठ्यक्रम निर्माण गर्न लागिएको डा. भुसालले बताए ।उनले भने, “हामीले उत्पादन गरेका स्वयंसेवकले शुरुमा गाउँगाउँमा परिचालन भएर उद्धारमा खटिन्छन् भन्ने उद्देश्य थियो तर त्यसो हुन सकेन । यसका कारण स्वयंसेवकलाई सुरक्षाकमीसँगै काँधमा काँध मिलाएर काम गर्न सकुन् भन्ने उद्देश्यका साथ यो पाठ्यक्रम तर्जुमा गर्दैछौँ ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT