Techie IT
२०८२ भदौ १, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थसुर्खेतमा ‘मानव स्मारक’ बनाउन ९ करोड ७६ लाख रकम सङ्कलन

सुर्खेतमा ‘मानव स्मारक’ बनाउन ९ करोड ७६ लाख रकम सङ्कलन


कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘मानव स्मारक’ बनाउन ९ करोड ७६ लाख ९२ हजार आठ सय ४३ सङ्कलन भएको छ । यही मङ्सिर २१–२८ गतेसम्म वीरेन्द्रनगरमा सञ्चालन भएको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञबाट उक्त रकम सङ्कलन भएको हो ।

महायज्ञ सञ्चालन मूल आयोजक समितिले आज पत्रकार सम्मेलनमार्फत सप्ताहबाट सङ्कलित रकम सार्वजनिक गर्दै सो रकमबाट मानव सेवा आश्रमको कर्णाली प्रदेशस्तरीय भवन अर्थात् ‘मानव स्मारक’ निर्माण गर्ने जनाएको छ । मूल आयोजक समितिका संयोजक डा नवराज केसीले ५ करोडको लक्ष्य राखिएकोमा करिब दोब्बरले दान संकलन भएको बताए । “महायज्ञमा एकदेखि एक करोडसम्म रकम दान गर्नुभएको छ,” संयोजक केसीले भने, “यसमा हामीले समुदायलाई जोडेका छौँ ।”

महायज्ञबाट १ करोड ९७ लाख ६६ हजार ६५ नगद, एक करोड ३३ लाख २७ हजार छ सय एक क्युआर तथा ‘अनलाइन’ माध्यमबाट प्राप्त भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष टीकाराम चपाइले जानकारी दिए । ३७ लाख ८८ हजार नौ सय २१ रकम बराबरको चेक प्राप्त भएको र ५ करोड चार लाख १६ हजार ३२ स्थानीय तह र विभिन्न सङ्घसंस्थाहरूले दिने प्रतिबद्धता गरेको उहाँले बताए । उनका अनुसार त्यसमा ५७ लाख ७९ हजार पाँच सय ८२ व्यक्तिगत प्रतिबद्धता भएको छ ।

महायज्ञ मूल आयोजक समितिका अनुसार कलश यात्रामा प्रयोग भएको कलश बिक्रीबाट ४२ लाख ७४ हजार आठ सय ८२ र दान पेटिकामा ३ लाख २६ हजार चार सय ५५ तथा किताब बिक्रीबाट १३ हजार तीन सय पाँच सङ्कलन भएको छ । ५० लाख ७४ हजार ८७ महायज्ञ सञ्चालनका क्रममा प्रचारप्रसार, यातायात, खाद्यान्न तथा भान्सा, विद्युत्, इन्धन, अतिथि सत्कार खर्च भएको छ ।

सङ्कलित रकमबाट वीरेन्द्रनगर नगरपालिका–११ स्थित गङ्गामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले प्रदान गरेका २९ बिघा जग्गामा मानव सेवा आश्रमको प्रदेशस्तरीय ‘मानव स्मारक’ भवन निर्माणको कार्य थालनी गरिने संयोजक केसीले बताए । भवन निर्माणका लागि ९ देखि ११ करोड लागत लाग्ने अनुमान गरिएको उनको भनाइ छ ।

डा. केसीका अनुसार सरकारको पुँजीले मात्र भवन निर्माण सम्भव नहुने भएकाले महायज्ञमार्फत समाज तथा समुदायबाट पुँजी सङ्कलन गरिएको हो । अबको दुई÷तीन महिनामै भवन निर्माण कार्य अगाडि बढाउने तयारी भइरहेको छ । भवनमा सडक आश्रित मानवको उद्धारका लागि मात्र नभई मानव धर्म के हो ? भन्नेबारे बुझाउने मानवता अध्ययन केन्द्रको समेत स्थापना गरिनेछ ।

मानव सेवा आश्रमले ‘मानव स्मारक भवन निर्माणका लागि एउटा छुट्टै विकास समिति गठन गर्ने र सो समितिले नै भवन निर्माण कार्य सम्पन्न गर्ने बताइएको छ । कर्णाली प्रदेश सरकारले पनि भवन निर्माणका लागि चालु आर्थिक वर्षमा १ करोड बजेट दिने घोषणा गरेको छ । उक्त महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथा वाचक रहेर निःशुल्क कथा वाचन गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

र्‍यान्डमले चलायो पोखरामा कर्णालीको चर्चा

पोखरा, साउन ३१ गते । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’

कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको…

काठमाडौं । कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप दुई जना नेपालीको मृत्यु भएको छ । कुवेतमा रहेको नेपाली दूतावासका

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडकमा पहिरो खसेपछि

गएको आर्थिक वर्षमा सरकारको खर्च १५ खर्ब ८ अर्ब रुपैयाँ

काठमाडाैँ । गएको आर्थिक वर्षमा सरकारको १५ खर्ब ८ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च भएको छ । यसअघि,

व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता

म्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले बोधगयामा भेटवार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आगामी भारत भ्रमणमा समकक्षी नरेन्द्र मोदीसँग बोधगयामा द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ ।

Techie IT