Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालखोटाङको बुइपामा आयातित पेयपदार्थमा प्रतिबन्ध

खोटाङको बुइपामा आयातित पेयपदार्थमा प्रतिबन्ध


खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा स्थित चार वटा टोलका स्थानीयले आयातित पेयपदाथ सेवनमा प्रतिबन्ध लगाएका छन् ।

आयातित पेयपदार्थले आर्थिक, परम्परागत संस्कृति र स्वास्थ्यमा समेत प्रतिकूल असर पुर्‍याएको भन्दै गैरी फुलेली, कुसुङ्खा, उर्लेनी र छापगाउँका स्थानीवासीले बिहे, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया तथा विभिन्न चाडपर्व र मेलापातमा यस अघि सेवन गरिँदै आइएको आयातित पेयपदार्थ सेवनमा पूर्ण रूपले प्रतिबन्ध लगाएका हुन् ।

बाहिरी जिल्ला बाट आयातित पेयपदार्थ सेवनले आर्थिक, सांस्कृति तथा मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गरेकाले पूर्ण रूपमा प्रतिबन्ध लगाइएको सामाजिक अभियान्ता अरुण राईले जानकारी दिए । “हाम्रो गाउँमा बिहे, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया, सांस्कृतिक चाडपर्व, मेलापात लगायत आयातीत पेयपदार्थ सेवन गर्ने चलन थियो । एउटा घरमा हुने कार्जेमा आयातित पेयपदार्थ प्रयोग गरेपछि अर्को घरले पनि प्रयोग गर्नैपर्ने बाध्यता सिर्जना भएको थियो । यसलाई रोक्न प्रतिबन्ध लगाइएको हो”, उनले भने ।

गैरी फुलेलीमा गत असोज २९ गते स्थानीय सुशीला राईको विवाह देखि आयातित पेयपदार्थ सेवनमा पूर्ण रूपले प्रतिबन्ध लगाइएको स्थानीयवासीले बताएका छन् । २८ परिवार रहेको गैरी फुलेलीमा स्थानीय फुलेली सेवा समाजको पहलमा गत असोज १६ गते भएको भेलाको निर्णयले गाउँमा हुने काजभोज तथा मेलापातमा आयातित पेयपदार्थ सेवनमा पूर्ण प्रतिबन्ध लगाएको हो ।

कुसुङ्खाका स्थानीयवासीले भने गत वर्ष देखि नै पेयपदार्थ आयात तथा सेवनमा प्रतिबन्ध लगाएका थिए । बुइपाको एउटा गाउँ बाट शुरु गरिएको यस अभियान क्रमशः अर्को टोल तथा गाउँमा विस्तार हुँदै जानु सकारात्मक भएको स्थानीय डार्विन चाम्लिङको भनाइ छ ।

आयातित पेयपदार्थ प्रतिबन्ध लगाइएका गाउँ तथा टोलहरूमा हुने काजकिरिया तथा चाडपर्वमा परम्परागत रूपमा प्रयोग हुँदै आएको सगुन (स्थानीय स्तरमा उत्पादन हुने जाँड, रक्सी र चिया) प्रयोग गर्ने गरिएको स्थानीयवासीले बताएका छन् । गाउँमा हुने बिहे तथा मेलापातमा यसअघि ड्यू, कोक, जुसका साथै मादक पदार्थका रूपमा सेवन गरिने विभिन्न कम्पनीका रम, बियर लगायत पेयपदार्थ प्रयोग गर्दा स्वास्थ्यका साथै यस्तो गर्नेहरूले ठूलो आर्थिक नोक्सानी हुने गरेको थियो ।

आयातित पेयपदार्थ सेवनमा प्रतिबन्ध लगाउने स्थानीयवासीको निर्णयलाई वडा कार्यालयको समेत सहयोग र समर्थन रहेको बुइपाका वडाध्यक्ष दिनेश राईले बताए । “स्थानीय अगुवा युवाहरूले स्वतःस्फूर्त रूपमा आयातित पेयपदार्थ सेवन नगर्ने निर्णय गरेका छन् । यसले परम्परागत संस्कार, आर्थिक, जनजीविका, स्वास्थ्यलगायत विषयमा समेत टेवा पुर्‍याएको छ”, उनले भने, “स्थानीयले अभियानका रूपमा सुरुआत गरेको यो अभियान प्रभावकारी देखिएको छ । अबको केही दिन भित्र सर्वपक्षीय भेला आयोजना गरेर वडामा नै पूर्ण रूपमा प्रतिबन्ध लगाउने योजना अघि सार्छौं ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT