Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीपूर्वराजाद्वारा रुपन्देहीको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चना

पूर्वराजाद्वारा रुपन्देहीको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चना


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको शुद्वोधनमा रहेको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चना गरेका छन् । केही समयदेखि भैरहवामा रहदै आएका पूर्वराजाले बिहीवार शुद्वोधन गाउपालिका पाँचको शित्तलपाटीमा रहेको मन्दिरमा पत्नी कोमल र परिवारका सदस्यका साथ पुगेर पूजाअर्चना गरेका हुन ।

पूर्वराजालाई सुबेच्छुक र सर्वसाधारणले भब्य स्वागत तथा अभिनन्दन गरेका थिए ।

पश्चिमका जनताको पीर मर्का बुझ्न भन्दै निस्केका पूर्वराजा शाहले मन्दिर दर्शन गर्न जाँदा स्थानीयसँग भलाकुसारी समेत गरेका थिए । पूर्वराजालाई स्वागत गर्दै स्थानीयले मुलुकमा राजसंस्था अझै आवश्यक रहेको बताएका छन् ।

एकसाता अघि पूर्वराजाले भारतको गोरखपुर पुगेर गोरखनाथको पूजाअर्चना गरेका थिए । त्यसअघि उनले कपिलबस्तु र रुपन्देहीका शक्तिपीठमा पनि पूजाअर्चना गर्नुका साथै स्थानीयसँग भलाकुसारी गरेका थिए । तराई मधेस क्षेत्रको भ्रमणका क्रममा पूर्वराजाले धार्मिक स्थलको भ्रमण गर्ने गरेका छन । साथै उनले नागरिकका समस्याबारे जानकारी समेत लिने गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था विवादमा

काठमाडाैँ । प्रतिनिधिसभाबाट पारित भइसकेको निजामती सेवा विधेयकमा अवकाशप्राप्त कर्मचारीहरूलाई दुई वर्ष अरू नियुक्तिमा निषेध गर्न राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी

पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सिक्काहरुको गणना शुुरु

ताप्लेजुङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा देवी मन्दिरमा भक्तजनहरुले चढाएका सिक्काहरुको गणना कार्य शुुरु गरिएको छ । भक्तजनले

हेटौँडामा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, १ जना घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै आज बिहान कोइला बोकेको ट्रक दुर्घटना हुँदा १

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय वित्तीय प्रणाली

असार १५: उत्सवको हिलोमा किसानको आँसु

असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली कृषि संस्कृतिको गहिरो प्रतीक मात्र होइन राष्ट्रिय आत्मासँग जोडिएको चेतनाको दिवस हो ।

एस.इ.ई.को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा एस.इ.ई.को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत

Techie IT