Techie IT
२०८२ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालनिजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्: मन्त्री भण्डारी

निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्: मन्त्री भण्डारी


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएका बताएका छन् ।

कागेश्वरी मनोहरा नगरपालिकाको काँडाघारीमा अवस्थित भिमेश्वर एकेडेमीको १९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८१ लाई सम्बोधन गर्दै मन्त्री भण्डारीले निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको र सो योगदानको उच्च मूल्याङ्कन गरिनुपर्ने बताएका हुन् । साथै, उनले भिमेश्वर एकेडेमीलाई उत्कृष्ट शैक्षिक संस्थाको रूपमा चित्रण गर्दै विद्यालयले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

‘भिमेश्वर एकेडेमी भन्नेवित्तिकै देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण शैक्षिक केन्द्रका रुपमा मैले बुझेको छु,’ मन्त्री भण्डारीले भने, ‘यो शैक्षिक संस्थाले उत्पादन गरेको त्यो जनशक्ति राष्ट्रको विभिन्न विधा र क्षेत्रमा स्थापित हुँदै गइरहेका छन् । आगामी दिनमा पनि यहाँबाट उत्पादित जनशक्ति राष्ट्रको विभिन्न क्षेत्रमा नेतृत्व गर्नसक्ने होउन् भन्ने शुभकामना दिन चाहान्छु ।’

उनले आफ्ना तीन जना सन्तान पढाउनका लागि भिमेश्वर एकेडेमी नै छानेको बताए । ‘म २०७० सालमा बैतडीबाट प्रतिनिधि सभामा निर्वाचित हुँदा मेरो परिवार यही काँडाघारी क्षेत्रमा बसोबास गथ्र्यो । उनीहरूको शिक्षाका लागि विभिन्न विद्यालयको विश्लेषण गर्दा मलाई भिमेश्वर एकेडेमी मन पर्‍यो,’ उनले भने, ‘यो विद्यालयको शैक्षिक वातावरण, सिकाइ प्रक्रिया, शैक्षिक गुणस्तरबाट म प्रभावित भएँ र मेरा तीन जना सन्तानले यसै विद्यालयबाट प्रारम्भिक तहको शिक्षा आर्जन गरे ।’

आजको शिक्षा प्रणाली सुधार गर्नुपर्ने चर्चा गर्दै उनले शिक्षामा सुधार ल्याउन सरकारले निरन्तर प्रयास गरीरहेको बताए । उनले चालु अधिवेशनबाटै शिक्षा विधेयक पारित गर्ने सरकारको योजना रहेको दाबी समेत गरेका छन् ।

कार्यक्रममा नेशनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले नेपालको शैक्षिक प्रणाली सुधार गर्न शिक्षा विधेयक छिटो पारित हुनुपर्ने धारणा व्यक्त गरे । विद्यालयहरूले विद्यार्थीसँगै अभिभावकहरूसँग पनि समन्वय गर्दै सर्वोत्तम शैक्षिक वातावरण सृर्जना गर्नुपर्नेमा उनले जोड दिए ।

यस्तै, विद्यालयका प्रधानाध्यापक अमृत कुमार खड्काले आगामी दिनहरुमा विद्यालयलाई थप परिस्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले विद्यालयले आगामी वर्षहरूमा डिजिटल शिक्षालाई प्रवर्द्धन गर्दै प्रविधिमैत्री कक्षा सञ्चालन गर्ने जानकारी दिँदै अध्ययन र अनुसन्धानलाई प्रोत्साहित गर्दै प्रयोगात्मक शिक्षालाई अझ प्रभावकारी बनाउने, विद्यार्थीहरूका लागि व्यक्तित्व विकास तथा नेतृत्व विकासका कार्यक्रमहरू सञ्चालन गर्ने, शिक्षकहरूलाई नियमित तालिम प्रदान गर्दै नवीनतम शिक्षण विधिहरूको प्रयोग गर्ने जस्ता कुराहरुमा विद्यालय अग्रसर रहेको बताए । भिमेश्वर एकेडेमीलाई देशकै उत्कृष्ट शैक्षिक संस्था बनाउन दीर्घकालीन योजना अनुसार अगाडि बढ्ने प्रतिबद्धता उनको छ ।

कार्यक्रमका अवसरमा विद्यालयका शिक्षक र विद्यार्थीहरूले करिब तीन दर्जन सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरी उपस्थित अतिथि र अभिभावकहरूलाई मनोरञ्जन प्रदान गरिएको थियो । साथै, समारोहमार्फत विद्यालयले आफ्नो शैक्षिक उपलब्धिहरू सार्वजनिक गर्नाका साथै विद्यालयको अतिरिक्त गतिविधिहरूमा उत्कृष्टहरूलाई सम्मान र पुरस्कार पनि प्रदान गरेको थियो । यस्तै, विद्यालयका शिक्षक तथा केही ज्येष्ठ नागरिकहरूलाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयलाई विशेष योगदान पुर्‍याउने तथा अनुशासन र नेतृत्व क्षमतामा अब्बल शिक्षक, विद्यार्थी र अभिभावकलाई समेत सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक अमृत कुमार खड्काले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT