Techie IT
२०८२ असोज २२, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालडिशहोमले इजभिजको वाइफाइ आइपी क्यामेरा बिक्री गर्ने

डिशहोमले इजभिजको वाइफाइ आइपी क्यामेरा बिक्री गर्ने


काठमाडौँ । इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै इन्टरनेटसँगै सुरक्षा निगरानीका लागि वाइफाइ आइपी क्यामेरा पनि उपलब्ध गराउने भएको छ।

यसका लागि इजभिज र हाइकभिजनको नेपाल वितरक शारदा समूहको भगिनी संस्था वत्सल इम्पेक्स प्राइभेट लिमिटेडसँग डिशहोम इन्टरनेटले रणनीतिक साझेदारी घोषणा गरेको हो

घर निगरानी राख्नका लागि इजभिजले उत्पादन गर्ने वाइफाइ आइपी क्यामेराहरू विश्वभर अग्रणी स्थानमा पर्दछन्। क्यामेरा उत्पादक तथा इन्टरनेट सेवा प्रदायकको यो सहकार्यले शहरी र अर्धशहरी घरपरिवारहरूमा भरपर्दो र स्मार्ट निगरानीका लागी प्रयोग हुने क्यामेराको बढ्दो मागलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ।

उच्च–ब्यान्डविथका आवासीय इन्टरनेटको व्यापक उपलब्धतासँगै, नेपालीहरूले पनि आफ्नो इन्टरनेटसँग जोडिन सक्ने स्मार्ट उपकरणहरूको खोजी बढ्दो रूपमा गरिरहेका बेला इन्टरनेट सेवा र वाइफाइ आइपी क्यामेरा एकअर्काका पूरक हुने भएकाले डिशहोमले ग्राहकहरूलाई देशैभर रहेको डिलर दाईको नेटवर्कमार्फत वाइफाइ आइपी क्यामेरा उपलब्ध गराउनेछ।

इजभिजको उन्नत निगरानी क्यामेराहरूमा उच्च भिडियो गुणस्तर, नाइट भिजन, मोसन डिटेक्सन क्षमता र मोबाइल एपहरूमार्फत सहजै पहुँच पाउन सकिने जस्ता सुविधाहरू उपलब्ध छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT