Techie IT
२०८२ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालद ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौता

द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौता


काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजका सह–संस्थापक तथा कार्यकारी निर्देशक महेन्द्रराज कँडेल र फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले नवप्रवर्तन, उद्यमशीलता र दिगो विकासलाई प्रवद्र्धनको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

ब्रिटिस कलेज इन्क्युबेसन सेन्टरका प्रमुख गणेश पौडेल र फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल ज्यूको उपस्थितिमा भएको सम्झौताले दुबै संस्थाले स्थानीय उद्यमीहरूका लागि स्टार्टअप इन्क्युबेसन र मार्गदर्शन गर्ने, डिजिटल साक्षरता, ब्यापार, र प्रविधिमा सीप विकास कार्यशालाको आयोजना गर्ने, कृषि प्रविधि, ग्रामीण पर्यटन, र हस्तकला आधारित स्टार्टअपहरूमा सहयोग गर्ने उदेश्य लिएको छ । साथै, स्मार्ट गाउँ तथा डिजिटल शासन प्रणालीको प्रवद्र्धन गर्ने, उद्यमशिलतासम्बन्धी नीति निर्माणमा सहयोग गर्ने साथै, ग्रामीण नवप्रवर्तकहरूलाई बजार तथा लगानी पहुँच विस्तार गर्ने योजना रहेको छ ।

सम्झौतापछि प्रतिक्रिया दिँदै ब्रिटिस कलेजका कार्यकारी निर्देशक कँडेलले भने, ‘यो साझेदारी टीबीसीको ग्रासरुटमा आधारित नवप्रवर्तनप्रतिको प्रतिबद्धता हो । हाम्रो इन्क्युबेसनमा जोडिएका विद्यार्थी तथा ब्यवसायिक संस्थाहरु बीचका विशेषज्ञता प्रयोग गरी फिक्कलका युवा र किसानहरूको उद्यमशिल सम्भावनाको खोजी र अनुसन्धान गर्दै त्यसलाई बजार र प्रविधिसँग जोडिदिने कार्यको थालनी हुनेछ । त्यस्तै, फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले भन्नुभयो, ‘यो समझदारी हाम्रो समुदायका लागि रूपान्तरणकारी कदम हो । टीबीसीसँगको सहकार्यले रोजगारी सिर्जना, सीप अभिवृद्धि, र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुर्याउनेछ ।’

टीबीसी इन्क्यूबेशन सेन्टरका प्रमुख श्री गणेश पौडेल ज्यूले पनि आफूहरु नवप्रवर्तनलाई विकेन्द्रित गर्दै समावेशी आर्थिक अवसर सिर्जना गर्ने लक्ष्यमा रहेकोले यो साझेदारी महत्वपूर्ण रहेको बताए ।

समझदारी अनुसार, दुबै संस्थाले संयुक्त रूपमा ‘स्टिरिङ कमिटि’ गठन गरी कार्यक्रमहरूको योजना, कार्यान्वयन, र मूल्याङ्कनको जिम्मा लिनेछन् । प्रारम्भिक कार्यक्रमहरू साझा स्रोतको प्रयोगबाट सुरु गरिनेछ भने, दीर्घकालीन योजना तथा ठूला परियोजनाहरूका लागि बाह्य लगानी र सीएसआर खोजिनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT