Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरु

ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरु


पोखरा । कसमस इन्टरनेशनल कलेज (सीआईसी), पोखराले क्याम्ब्रिज ए–लेभल कार्यक्रम पुनः सञ्चालनमा ल्याएको छ । यो शैक्षिक कार्यक्रम द ब्रिटिस कलेज (टीबीसी), काठमाडौँको म्यानेजमेन्टमा पुनः सुरु भएको हो ।

सन् २००६ मा स्थापना भएको कसमस कलेजलाई नयाँ आयम दिँदै ब्रिटिस कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित लेखनाथ– ३० सिसुवामा ए–लेभल सुरु गरेको हो । यससँगै कसमस इन्टरनेशन कलेज अब ब्रिटिस एजुकेशन ग्रुपमा आधिकारिक रुपमा समावेश भएको छ, जसले नेपालभर गुणस्तरीय शिक्षा विस्तार गर्दै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि ब्रिटिस ग्रामर स्कूलका भाइस प्रेसिडेन्ट पाउल क्लिभ्स र द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक सुरुवात गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै क्लिभ्सले भन्नुभयो, “गुणस्तरीय शिक्षा राष्ट्रको विकासको आधार हो । कसमस इन्टरनेशनल कलेजको पुनः सुरुवातले हजारौं युवाहरूको भविष्य निर्माणमा टेवा पुग्नेछ भन्ने विश्वास लिएको छु ।”


“सन् २०१२ मा शिक्षामा रूपान्तरण ल्याउने उद्देश्यसहित काठमाडौँबाट सुरु भएको हाम्रो शैक्षिक यात्रा आज नेपालभर विश्वासिलो ब्रान्डका रूपमा स्थापित भइसकेको छ । हाल ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतका शैक्षिक संस्थाहरूमा ६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । हाम्रा ग्राजुएटहरू विश्वका प्रतिष्ठित कम्पनीहरूमा कार्यरत छन्, कतिपयले आफ्नै स्टार्टअप सञ्चालन गरिरहेका छन् भने थुप्रैले २० भन्दा बढी देशका ख्यातिप्राप्त विश्वविद्यालयहरूमा थप अध्ययन गरिरहेका छन् ।” कार्यकारी अध्यक्ष कँडेलले भन्नुभयो, “हामी द ब्रिटिस कलेज, काठमाडौँबाट प्राप्त गुणस्तरीय शिक्षाको मापदण्डलाई अब पोखरामै ल्याउन पाउँदा गर्व महसुस गर्दैछौं । हामी पोखरामा पनि अन्तर्राष्ट्रियस्तरको विश्वसनीय शिक्षा प्रदान गर्न प्रतिबद्ध छौं ।”

कार्यक्रममा हिसान, प्याब्सन, एनप्याब्सन, पोखरा उद्योग वाणिज्य संघ लगायतका विभिन्न संघसंस्था, पत्रकार, अभिभावक, विद्यार्थी तथा समाजका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।


ए–लेभल कार्यक्रम सुरु भएसँगै कलेजले विशेष छात्रवृत्ति योजनाको घोषणा पनि गरेको छ । योजनाअनुसार प्रारम्भिक चरणमा भर्ना हुने विद्यार्थीहरूलाई ५० प्रतिशतसम्म ट्युसन फी छुट, सुरुका २० जना विद्यार्थीलाई निःशुल्क भर्ना, राष्ट्रिय स्तरका खेलाडी तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई अतिरिक्त छात्रवृत्ति, साथै उपत्यकाका प्रमुख स्थानहरूबाट निःशुल्क यातायात सुविधा उपलब्ध गराइनेछ ।

हाल कलेजमा भर्ना प्रक्रिया सुरु भइसकेको छ । छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीहरूले १० जुन २०२५ भित्र भर्ना प्रक्रिया पूरा गर्नुपर्नेछ ।
टीबीसीको म्यानेजमेन्टमा कार्यक्रम पुनः सञ्चालन भएसँगै कलेजले विद्यार्थी केन्द्रित वातावरण, व्यवहारिक सिकाइ र अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

ब्रिटिस एजुकेशन ग्रुपबारे ।
कसमस इन्टरनेशनल कलेजसँगै ब्रिटिस एजुकेशन अन्तर्गत आबद्ध संस्थाहरूमा द ब्रिटिस कलेज–काठमाडौँ, द वेस्टमिन्स्टर कलेज–ललितपुर, ब्रिटिस मोडल कलेज, ब्रिटिस प्रोफेशनल कलेज, ब्रिटिस इन्टरनेशनल कलेज, ब्रिटिस ग्रामर स्कुल–रुपन्देही, मदरल्याण्ड स्कुल–चितवन, द उलविच कलेज–लन्डन, द उलविच इन्स्टिच्युट–दुबई, र मेरिटाइम बिजनेस कलेज–क्यानाडा रहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT