Techie IT
२०८२ असार २४, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालराजावादीहरू दोस्रो चरणको आन्दोलनको तयारीमा

राजावादीहरू दोस्रो चरणको आन्दोलनको तयारीमा


काठमाडौँ । राजावादीहरुको संयुक्त जनआन्दोलन समितिले पहिलो चरणको एक साता लामो आन्दोलन ‘उत्साहजनक रूपमा’ सम्पन्न भएको निष्कर्ष निकाल्दै दोस्रो चरणको आन्दोलनको तयारी शुुरु गरेको छ ।

समितिका संयोजक नवराज सुवेदीले सरकारको हस्तक्षेप र दमनका बाबजुद पहिलो चरणको आन्दोलन सफल भएको दाबी गरेका हुन् ।

पहिलो चरणको आन्दोलनको समीक्षा गर्न तथा सरकारको ‘दमनकारी नीति’ लाई दृष्टिगत गर्दै दोस्रो चरणको आन्दोलनको कार्यक्रम तय गर्न समितिले आज दिउसो दुई बजे सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बैठक बोलाएको छ ।

बैठकमा संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४४ राजनीतिक दल, समूह तथा अभियानका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ ।

समितिले राजसंस्था पुनस्र्थापना लगायतका माग राख्दै जेठ १५ गतेदेखि आन्दोलन गर्दै आएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सशस्त्र संघर्ष, जनआन्दोलन तथा तराई मधेश आन्दोलनका घाइतेको उपचारमा सहजता ल्याउने निर्णय

त्रिशूली नदी किनारमा सावधानी अपनाउन धादिङ प्रशासनको आग्रह

काठमाडाैँ । त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सूचना निकालेर

हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडियो

काठमाडाैँ । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । चुवाखोला–कर्णाली नदीमाथि

भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

काठमाडौं । भोजपुरको रामप्रसादराई गाँउपालिका–२ धोद्लेखानीमा एकै परिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, भोजपुरका अनुसार भोजपुर

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

Techie IT