Techie IT
२०८२ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालमेयर र उपमेयरबीचको विवादले तनावग्रस्त धरान उपमहानगरपालिका

मेयर र उपमेयरबीचको विवादले तनावग्रस्त धरान उपमहानगरपालिका


धरान । धरान उपमहानगरपालिकामा नगर प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइनविक्रम बेघाबीचको विवाद चुलिँदै गएको छ ।

दुई जनाप्रतिनिधिको बिबादले मंगलबार दिनभर नगरपालिका कार्यालय परिसर तनावग्रस्त बनेको थियो । श्रमदान कार्यक्रमका नाममा नगरपालिकाका साधनस्रोतको प्रयोग र त्यससँग जोडिएको भुक्तानी प्रकरणलाई लिएर केही दिनदेखि प्रमुख र उपप्रमुखबीच विवाद हुँदै आएको छ ।

सोमबार उपप्रमुखले श्रमदानको भुक्तानी रोकेपछि प्रमुख साम्पाङ्गले त्यसको प्रतिवाद गरेका थिए । सो क्रममा उनका समर्थकहरूले उपमेयर बेघालाई हातपात गर्ने प्रयास गरेका थिए । मंगलबार नै नगर प्रमुख पक्षकै अर्को समूहले उपप्रमुखको कार्यकक्ष घेराउ गरेको थियो ।

सो क्रममा एक अर्काविरुद्ध नारावाजी समेत भएको थियो । स्थिति बिग्रिन नदिन सुरक्षाकर्मी तैनाथी बढाइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT