Techie IT
२०८२ असार २४, मंगलबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीपाथीभरा मन्दिरमा भक्तजनले चढाएको सिक्काहरुको गणना शुुरु

पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सिक्काहरुको गणना शुुरु


ताप्लेजुङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा देवी मन्दिरमा भक्तजनहरुले चढाएका सिक्काहरुको गणना कार्य शुुरु गरिएको छ ।

भक्तजनले भेटीस्वरूप चढाएका ती सिक्का पाथीभरा क्षेत्र विकास समितिको कार्यालय फुङ्लिङमा ल्याएर व्यवस्थापन गरिने गरिएको छ । समितिका कर्मचारीहरुले हरेक दिन मन्दिर परिसरबाट भेटीस्वरूप चढाइएका सिक्काहरु संकलन गर्ने गर्छन् ।

संकलन गरिएका ती सिक्कालाई पहिलो चरणमा मिक्सर प्रयोग गरेर सफा गरिन्छ, जसमा एकपटकमा ५० केजीसम्म सिक्का सफा गर्न सकिन्छ । माटो, धुलो तथा रंग हटाउने कार्यपछि ती सिक्कालाई घाममा सुकाइन्छ । सुकाइएका सिक्कालाई पुनः छुट्याउने कार्य गरिन्छ र त्यसपछि एक–एक हजार रुपैयाँको दरले प्याकेटमा राखिन्छ । सो प्रक्रिया पूरा गरेपछि गणना गरिएको रकम बैंकमा जम्मा गरिने समितिले जनाएको छ ।

धार्मिक आस्थासँग जोडिएको पाथीभरा मन्दिरमा देश विदेशबाट आउने भक्तजनको आगमन वर्षेनि बढ्दै गएको छ । भक्तजनको श्रद्धाको प्रतीकस्वरूप संकलित सिक्काको व्यवस्थित व्यवस्थापन र पारदर्शिता कायम गर्न समितिले नियमित रूपमा यस्ता प्रक्रिया अपनाउँदै आएको जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सशस्त्र संघर्ष, जनआन्दोलन तथा तराई मधेश आन्दोलनका घाइतेको उपचारमा सहजता ल्याउने निर्णय

त्रिशूली नदी किनारमा सावधानी अपनाउन धादिङ प्रशासनको आग्रह

काठमाडाैँ । त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सूचना निकालेर

हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडियो

काठमाडाैँ । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । चुवाखोला–कर्णाली नदीमाथि

भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

काठमाडौं । भोजपुरको रामप्रसादराई गाँउपालिका–२ धोद्लेखानीमा एकै परिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, भोजपुरका अनुसार भोजपुर

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

Techie IT