पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सिक्काहरुको गणना शुुरु
ताप्लेजुङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा देवी मन्दिरमा भक्तजनहरुले चढाएका सिक्काहरुको गणना कार्य शुुरु गरिएको छ ।
भक्तजनले भेटीस्वरूप चढाएका ती सिक्का पाथीभरा क्षेत्र विकास समितिको कार्यालय फुङ्लिङमा ल्याएर व्यवस्थापन गरिने गरिएको छ । समितिका कर्मचारीहरुले हरेक दिन मन्दिर परिसरबाट भेटीस्वरूप चढाइएका सिक्काहरु संकलन गर्ने गर्छन् ।
संकलन गरिएका ती सिक्कालाई पहिलो चरणमा मिक्सर प्रयोग गरेर सफा गरिन्छ, जसमा एकपटकमा ५० केजीसम्म सिक्का सफा गर्न सकिन्छ । माटो, धुलो तथा रंग हटाउने कार्यपछि ती सिक्कालाई घाममा सुकाइन्छ । सुकाइएका सिक्कालाई पुनः छुट्याउने कार्य गरिन्छ र त्यसपछि एक–एक हजार रुपैयाँको दरले प्याकेटमा राखिन्छ । सो प्रक्रिया पूरा गरेपछि गणना गरिएको रकम बैंकमा जम्मा गरिने समितिले जनाएको छ ।
धार्मिक आस्थासँग जोडिएको पाथीभरा मन्दिरमा देश विदेशबाट आउने भक्तजनको आगमन वर्षेनि बढ्दै गएको छ । भक्तजनको श्रद्धाको प्रतीकस्वरूप संकलित सिक्काको व्यवस्थित व्यवस्थापन र पारदर्शिता कायम गर्न समितिले नियमित रूपमा यस्ता प्रक्रिया अपनाउँदै आएको जनाएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो