Techie IT
२०८२ असोज ३०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालभृकुटी कागज कारखाना १४ वर्षदेखि पूर्णरुपमा बन्द

भृकुटी कागज कारखाना १४ वर्षदेखि पूर्णरुपमा बन्द


नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै गइरहेको छ ।

नगरको बीच भागमा रहेको यस कारखानाको व्यवस्थापनमा सरकारले चासो नदिँदा उद्योगका मेसिनरी उपकरण तथा करोडौँका संरचना खेर गइरहेको स्थानीय बताउँछन् । उद्योग सञ्चालनको बेला यस उद्योगबाट उत्पादित कागजले मुलुकको आधा माग धान्ने गरेकोमा अहिले उद्योग भग्नावशेषमा परिणत हुँदैछ ।

उद्योगको यन्त्र उपकरण राखिएको भवनको छानो खिया लागेर खसेका छन् भने यन्त्र उपकरण खियाले मक्किदै गएका छन् । करिब २२ बिघा क्षेत्रफलमा फैलिएको उद्योगलाई झाडीले ढाकेको अवस्थामा छ । उद्योग भित्रका भवनमा समेत झार उम्रिएर भवन काम नलाग्ने अवस्थामा पुगेका छन् ।

यस उद्योगलाई सञ्चालन गर्ने भन्दै गण्डकी प्रदेश सरकारको सांसद् तथा संसदीय समितिले एवम् सङ्घीय सांसदलेसमेत पटक पटक उद्योगको स्थलगत अवलोकन गरे पनि उद्योग सञ्चालनमा आउन सकेको छैन ।

उद्योग बन्द हुँदा अर्बौँको सामानहरु मक्किदै गएका छन् भने उद्योग बन्द भएपछि चार सय भन्दा बढी श्रमिकले पाउनुपर्ने पारिश्रमिक समेत पाएका छैनन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT