रौतहट । रौतहटमा धान खेतमा सिचाईका लागी विद्युतिय मोटर जोडने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
रौतहटको छुट्टाछुट्टै स्थानमा खेतमा सिचाइ गर्ने क्रममा दुई जना किसानको ज्यान गएको हो । कटहरीया नगरपालिका २ जमुनियाका ५२ वर्षिय मोक्तार देवान र माधवनारायण नगरपालिका वडा नं. ४ विसुनपूर्वा मानपुरका ४० वर्षिय रामबाबु मुखियाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
रौतहटका अधिकांश किसान सिंचाइका लागि निजी रुपमा मोटर पम्पको सहारा लिन्छन् । तर, प्राविधिक ज्ञानको अभाव, विद्युत उपकरणको अब्यवस्थित प्रयोग र सुरक्षाका न्यूनतम मापदण्ड नअपनाउँदा वर्षेनि यस्ता दुर्घटनाहरू दोहोरिइरहेका छन् ।
दुर्घटनापछि आक्रोशित स्थानीयले विद्युत प्राधिकरणसँग ग्रामीण क्षेत्रमा प्रयोग हुने सिंचाइ मोटरको नियमित निरीक्षण, सचेतना कार्यक्रम सञ्चालन र सुरक्षित जडान प्रणाली सुनिश्चित गर्न माग गरेका छन् ।