Techie IT
२०८१ कात्तिक २१, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत अनुमोदन

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत अनुमोदन


काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम भावी प्रधानन्याधीशका लागि अनुमोदन गरेको छ । समितिको आजको बैठकमा कामु प्रधानन्यायाधीश कार्कीले समिति सदस्यको जिज्ञासाको जवाफ दिएपछि उनको नाम अनुमोदन भएको हो ।

बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नेपालको प्रधानन्यायाधीश पदमा संसदीय सुनुवाइपछि कार्कीको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको जानकारी दिए। उनले भने, “संवैधानिक परिषद्द्वारा नेपालको प्रधानन्याधीशका लागि प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।”

यसअघि बैठकमा सदस्यहरूले आमजनतामा न्यायालयप्रतिको भरोसा र विश्वास टुटेको छ भन्ने गुनासोलाई कसरी लिनुभएको छ भनी प्रश्न गर्दै अदालतमा देखिएका विसङ्गति र विकृति निवारणका लागि यहाँको भूमिका र कार्ययोजना के हुन्छ ? भनी जिज्ञासा राख्नुभएको थियो । सदस्यहरुले अदालतमा पुगेका विषयवस्तुको निरुपण गर्ने सन्दर्भमा लामो समय लागेका कारण न्याय माग्न गएका नागरिक थप मारमा परिरहेको घटनाप्रति जवाफ माग गरेका थिए ।

सदस्यहरुको प्रश्नको जवाफमा कार्कीले नागरिकलाई संविधानले दिएको मौलिक अधिकारको संरक्षण र सम्पत्तिसम्बन्धी अधिकारका विषयलाई प्राथमिकतामा राखेर अदालतले काम गरिरहेको बताए । कामु प्रधानन्याधीश कार्कीले कतिपय मुद्दाका सन्दर्भमा जारी भएको अल्पकालीन आदेशलाई अनन्तकालीन बनाइनु हुन्न भन्नेमा अदालत स्पष्ट रहेको उल्लेख गर्दै कानुन र प्रमाणका आधारमा न्याय निरुपण हुने बताए । उनले भने, “न्यायाधीश घटनाको साक्षी बन्न सक्दैन, कानुन र प्रमाणलाई पन्छाएर फैसला गर्न मिल्दैन ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभर डेङ्गी सङ्क्रमण घट्दै

काठमाडौँ । नेपालमा डेङ्गी सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा

मित्रमिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ

पोखरा । मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् । लम्साललाई कास्कीको पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित

धादिङको बन्छेटारमा दुई वटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुई वटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । काठमाडौं

अजरबैजान जाँदै राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन

आन्तरिक मामिलामन्त्री अधिकारीले दिए राजीनामा

काठमाडौँ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् । बिना अनुमति र बिना

काठमाडौँको भृकुटीमण्डपमा अतिरूद्र विश्वकल्याण विराट महायज्ञ शुरु

काठमाडौँ । नेपाल महर्षि वैदिक फाउण्डेशनले वैज्ञानिक सन्तमहर्षि महेशयोगी नेपाल आगमनको स्वर्ण महोत्सव पारेर आज बाट काठमाडौँको भृकुटीमण्डपमा अतिरूद्र विश्वकल्याण

Techie IT