Techie IT
२०८२ साउन १७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीगुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ

गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ


गुल्मी । गुल्मीका किसानहरु यतिबेला खेतमा धान रोपाइँमा व्यस्त बनेका छन ।

वर्षा शुरु भएसँगै यहाँका किसानहरुलाई खेत रोपाइँको चटारो बढ्दै गएको छ । केही ठाउँमा पानीका मुहानहरु नफुटेका कारण छिटफुट रुपमा टारीहरुमा रोपाइँ नभए पनि जिल्लाका अधिकाँस स्थानमा यस पटक समयमै धान रोपाइँ भएको छ ।

कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार यस पटक जिल्लामा ले जनाएको छ । साउन महिनाको दोश्रो सातासम्म आईपुग्दा जिल्लामा हालसम्म ८७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भैसकेको छ । जिल्लामा ७ हजार ९ सय ८८ हेक्टर क्षेत्रफल मध्य ६ हजार ९५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

गत वर्षको तुलनामा यस पटक खेत रोपाइँको प्रतिशत बढेको छ । गत वर्ष यस अवधिसम्म आईपुग्दा ७६ प्रतिशत क्षेत्रफमा मात्र धान रोपाइँ भएको थियो । समयमा पानी परेका कारण किसानहरुले यस पटक छोटो अवधिमा धेरै खेत रोप्ने अवशर पाएका हुन । यस पटक धान रोपाइँ गर्ने प्रतिशत बढेपनि रोप्ने खेतको क्षेत्रफल भने घट्दै गएको बताईएको छ । जसका कारण धान उत्पादन हुने क्षेत्रफल मध्य यस वर्ष जिल्लामा ९० प्रतिशत खेतमा मात्र धान रोपाइँहुने अनुमान छ ।

खेतमा धान रोपाइँको क्षेत्रफल घट्नुको मुख्य कारण जनशक्तिको अभाव, बढ्दो बसाईसराई, गोरुको अभाव, समयमा जोत्नका लागि ट्याक्टर नपाउने, खोलाको कटान, महँगो ज्याला लगायतका समस्या भने यथावत रहेको छ ।

जिल्लामा धान उत्पादनको कुल क्षेत्रमध्ये गत वर्ष चैते धान एक हजार २ सय ८६ र वर्षे धान २३ हजार १ सय ४० मेट्रिकटन उत्पादन भएको बताईएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भोटेकोशीमा बाढी: रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडाैँ । रसुवाको भोटेकोशीमा गएराति ठूलो बाढी आएको छ । बाढीलगत्तै रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको

नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

काठमाडाैँ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । अघिल्लो हप्ता अमेरिकी सरकारले

नगरप्रमुख भट्टराईले माइतीघरमा शुरु गरे सत्याग्रह

काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई कपाल मुण्डन गरी काठमाडौंको माइतीघरमण्डलामा सत्याग्रहमा बसेका छन् । सिंहदरबारको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमा अघि बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको क्षमता

कोशी प्रदेशमा व्यावसायिक कफीखेती

काठमाडौं । कोशी प्रदेशमा कफीखेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती शुरु गरिएका छन् । प्रदेशको दुई

संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट पुनर्विचारका…

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका

Techie IT