Techie IT
२०८२ कात्तिक २६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपाल५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु


काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर दुई सय सात जनाको निधन भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदमा परेर २२ जना बेपत्ता भए भने ७ सय ७४ जना घाइते भएका छन् । त्यसबाट पाँच हजार ९६३ परिवार प्रभावित भएका छन् ।

प्राधिकरणका अनुसार सो अवधिमा घटेका विपद्का घटनामा सबैभन्दा धेरै आगलागी भएको छ । कुल १ हजार १९७ आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको निधन हुँदा एक सय ६५ जना घाइते भएका छन् ।

बाढीका २ सय ४३ घटना हुँदा २७ जनाको ज्यान गएको छ भने २२ जना बेपत्ता र १० घाइते छन् । बाढीमा परेर १ हजार ७७८ परिवार प्रभावित भएका छन् । सो अवधिमा तीन सय ६८ ठाउँमा पहिरो गएको छ । पहिरोमा परेर १८ जनाको निधन भएको छ भने २८ जना घाइते भएका छन् । पहिरोका कारण चार सय ८१ परिवार प्रभावित भएका छन् ।

यस्तै, दुई सय ६६ वटा भारी वर्षाका विवरण प्राधिकरणले उपलब्ध गराएको छ । भारी वर्षाका कारण ६ जनाको ज्यान जाँदा १२ जना घाइते र ७ सय ११ परिवार प्रभावित भएका छन् । कुल २ सय ५८ चट्याङका घटना हुँदा ३१ जनाको ज्यान गएको छ । त्यसमा परेर १ सय ९३ जना घाइते भएका छन् भने ३ सय १७ घरपरिवार प्रभावित भएका छन् ।

यसैगरी सर्पदंशका २ सय ६८ घटना हुँदा ७२ जनाको ज्यान गएको छ । २ सय २ जना घाइते भएका छन् । कुल १ सय ५८ वटा वन डढेलोको घटना हुँदा २ जना घाइते र २७ परिवार प्रभावित भएका छन् । हुरीबतासका दुई सय ८० घटना हुँदा आठ जनाको निधन भएको छ भने ४१ जना घाइते भएका छन् । त्यसबाट ५ सय ३६ घरपरिवार प्रभावित भएका छन् ।

प्राधिकरणका अनुसार जनावर आक्रमणको घटनामा १५ जनाको निधन भएको छ । लेक लाग्नुका ४९, भूकम्प ५, डुङ्गा पल्टेर २, असिना र माहामारीका एक–एक घटना घटेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

Techie IT