Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालदेशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार


काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् ।

देशका २७ वटा कारागारबाट १४ हजार ५ सय ५५ जना कैदीबन्दी फरार भएकामा ५ हजार ४ सय ३४ जना पुनः जेल फर्किएको कारागार व्यवस्थापन विभागले जनाएको हो ।

९ हजार १ सय २१ जना अझै फरार छन् । पक्राउ परेकाहरुलाई पनि अहिले जहाँ पक्राउ परेका त्यही जिल्लाको कारागारमा राखिएको छ । केन्द्रीय कारागार सुन्धाराबाट ३ हजार ५२३ जना कैदीबन्दी फरार भएकामा अधिकांश फर्केका छैनन ।

सुन्धारा कारागारबाट भागेका १ हजार १३४ जना कैदीबन्दी फिर्ता भएका छन । यीमध्ये २१० जनालाई विभिन्न जिल्लामा प्रहरीले पक्राउ गरेर त्यही जिल्लाका कारागारमा राखेको छ । यस्तै, धादिङ र रामेछापका कारागारबाट कैदी भाग्न थालेपछि नेपाली सेनाले गोली चलाएको थियो ।

धादिङमा २ जना र रामेछाप कारागारमा ३ जना कैदीबन्दीको मृत्यु भएको थियो । देशका ७५ वटा जिल्लामा कारागार रहेकामा २७ वटा कारागारबाट कैदीबन्दी फरार भएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

Techie IT