Techie IT
२०८२ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालराहत र उद्धारमा जुट्न भट्टराईको आग्रह

राहत र उद्धारमा जुट्न भट्टराईको आग्रह


काठमाडौँ । सांसद योगेशकुमार भट्टराईले तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका पूर्वी पहाडमा गएराति अविरल वर्षका कारण ठूलो धनजनको क्षतिलाई न्यूनीकरण गर्न राहत र उद्धारमा जुट्नका सरकार र सरोकारवाला सङ्घसंस्थालगायत सबैमा आह्वान गरेका छन् ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको वैठकमा सांसद भट्टराईले उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासँग थप सक्रियताको अपेक्षा गरे ।

सचिव भट्टराईले भने, “केही दिनदेखि आएको अविरल वर्षाका कारण पूर्वी पहाडका केही जिल्लामा गम्भीर क्षति भएको छ, ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, पाँचथर जस्ता जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ, ताप्लेजुङ जिल्लामा सिदिङ्गा गाउँपालिका, सृजङ्गा गाउँपालिका, मैयाखोला गाउँपालिका र त्रिवेणी गाउँपालिकालगायत विभिन्न स्थानमा बाढीपहिराका कारण दर्जनौँ घर नष्ट भएका छन् ।”

ताप्लेजुङ जिल्लामा अहिलेसम्म पाँच जनाको अवस्था अज्ञात रहेको बताउँदै उनले अन्य मानिस पनि सुरक्षा गर्दै नजिकैको विद्यालय, सार्वजनिक स्थानमा आएर बस्नुपर्ने अवस्था आएको बताए ।

“सिदिङ्गा गाउँपालिकाको मेहेलेका एउटै परिवारका यादव बुढाथोकीको श्रीमती भगीमाया बुढाथोकी, सन्ध्या बुढाथोकी, प्रज्वल बुढाथोकी, बेपत्ता छन्, त्यसैगरी आङ्खोपमा थुप्रै घर क्षतिग्रस्त भएका छन, सुरुङखिममा पनि दर्जनौँ घरमा क्षति पुगेको छ, त्यसैगरी ताप्लेजुङको खेवाङमा थुप्रै घर नष्ट भएका छन्”, उनले भने।

ताप्लेजुङका अन्य गाउँपालिकामा समेत ठूलो क्षति पुगेको उनको भनाइ छ । ताप्लेजुङका यातायात बन्द भएको र टेलिफोनका टावर विद्युत् गृहमा क्षति पुगेको, पाँचथरमा सडक पुल भत्किएको उनको भनाइ छ ।

सांसद भट्टराईले भने, “पूर्वी पहाडमा ठूलो मानवीय र भौतिक क्षति भएको छ । सरकारले घटनाको सम्पूर्ण जानकारी दिनुपर्छ । विपत्सँग सम्बन्धित भएको हुनाले गृहमन्त्रीले सम्पूर्ण विपत्को अवस्थाको जानकारी सदनमा गराउनुपर्छ ।”

उनले पुल र सडकको अवस्थाबारे भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले सदनमा जानकारी दिनु माग गर्नुभयो । भत्किएका सडकलाई तत्काल सञ्चालन गर्न, पीडितलाई आवास र खाद्यान्न सङ्कट भएकाले त्यसमा सरकारले व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT