Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालनारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणका लागि भित्तो फोर्न विस्फोटक ल्याउन नसक्दा पुल निर्माणको काम रोकियाे

नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणका लागि भित्तो फोर्न विस्फोटक ल्याउन नसक्दा पुल निर्माणको काम रोकियाे


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणका लागि भित्तो फोर्न विस्फोटक ल्याउन नसक्दा पुल निर्माणको काम रोकिएको छ । सो सडकखण्डमा १५ वटा पुल नयाँ निर्माणका लागि ठेक्का लगाइएकामा एउटा पुलको भित्तो फोर्न नसक्दा काम हुन नसकेको हो ।

भित्तो फोर्नका लागि विस्फोटक पदार्थ ल्याउन जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयल, परराष्ट्र मन्त्रालय हुँदै नेपालस्थित भारतीय राजदूतावासमा स्वीकृतिका लागि फाइल पठाइएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का प्रमुख किरण कार्कीका अनुसार एक महिना अघि नै अनुमतिका लागि फाइल दूतावास पुगेको भए पनि अनुमति पाइएको छैन । उनले भने “भारत वा अन्य देशबाट विस्फोटक पदार्थ ल्याउन नो अब्जेक्सन लेटर भारतले दिनुपर्ने भएकाले फाइल दूतावास पुगेको छ ।”

सो सडकखण्डको तुईन खोलामा पुल निर्माणका लागि दुईपट्टी रहेका अग्ला पहाड काट्नुपर्ने बाध्यता थियो । योसँगै अन्य तीन वटा पुलको दुई तर्फका पहाड भत्काउने काम अघि बढाइएकामा तुईन खोलाको मुग्लिनतर्फको पहाड भने भत्काउन कठिन भएपछि काम रोकिएको प्रमुख कार्कीले बताए ।

सडकमा सवारीसाधन बन्द गरेर लामो समय काम गर्न कठिन भएकाले सो ठाउँको पहाड विस्फोट गराउने निर्णय गरिएको थियो । उनले भने “वर्षात् अघि अब विस्फोट गर्न सम्भव छैन । अनुमति लिएर असोजपछि काम गर्ने योजनामा छौंँ ।”

सो सडकमा रहेका १९ पुलमध्ये चार वटा यस अघि नै निर्माण गरिएका थिए । ठेक्का लगाइएका १५ पुलमध्ये १४ वटा निर्माणाधीन छन् । तीमध्ये तीन वटा असारभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । अन्य आठ वटा पुल असोजभित्रमा र तीन वटा मङ्सिरभित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । तुईन खोलाको पुल भने भित्तो विस्फोट गराएपछि मात्रै काम सुरु गर्न सकिने भएको छ । काम थालेको चार–पाँच महिनामा सो पुल पनि निर्माण गर्न सकिने प्रमुख कार्कीले बताउनुभयो । तुईन खोलाको पुल निर्माण गर्ने ठाउँमा ६० मिटर अग्लो कडा चट्टानको डाँडो थियो । डाँडाको आधा भाग काटिएको छ भने बाँकी कडा भाग विस्फोट गर्नुपर्ने भएको छ ।

आयोजनाका सूचना अधिकारी ई कृष्ण आचार्यका अनुसार विश्व बैंकको सहयोगमा पुल बनाउन लागिएको हो । पुल निर्माण सम्पन्न गर्नुपर्ने मिति २०८० पुस ९ गतेसम्म रहेको छ । सुरुमा ३३ महिनाका लागि सम्झौता भए पनि काम सम्पन्न नभएपछि समय एक वर्ष थप गरिएको हो । सो सडकका पुल अनक कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । ती पुल निर्माणको लागत रु एक अर्ब २२ करोड हाराहारी छ ।

सो सडकमा यस अघिका पुल साँघुरा थिए । अहिले बनाइएका पुल ११ मिटर फराकिला छन् । सडक नौदेखि ११ मिटर फराकिलो रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवागमन गर्दछन् । पछिल्लो समय सडक फराकिलो बनाएसँगै पुल साँघुरा भएपछि निर्माण थालिएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT