गृहपृष्ठ ∕
नेपाल ∕
मौसमका कारण प्रधानमन्त्री प्रचण्ड चढेको हेलिकोप्टर ताप्लेजुङ नपुगी फर्कियो मौसमका कारण प्रधानमन्त्री प्रचण्ड चढेको हेलिकोप्टर ताप्लेजुङ नपुगी फर्कियो
काठमाडौँ। बाढी प्रभावित क्षेत्रमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोली चढेको हेलिकोप्टर खराब मौषमको कारण फर्किएको छ। बाढी प्रभावित ताप्लेजुङ जान लागेको नेपाली सेनाको हेलिकोप्टरबीच बाटोबाट फर्केको हो।
अविरल वर्षासँगै शनिबार आएको बाढी र पहिरोका कारण प्रभावितको अवस्था बुझ्न कोशी प्रदेश पुगेका प्रधानमन्त्री प्रचण्ड खराब मौसमका कारण विराटनगर फर्किएका हुन्। प्रधानमन्त्री सहितको टोली हेलिकप्टरमा संखुवासभा पुगेका थिए। त्यहाँबाट पाँचथर जाने भन्दै हिडेका थिए।
तर खराब मौसमका कारण सेनाको हेलिकप्टर पाँचथरमा अवतरण हुन सकेन्। ताप्लेजुङको मौसम पनि खराब भएका कारण आकश्मिक रुपमा हेलिकप्टर विराटनगर विमानस्थलमा अवतरण भएको थियो।
विराटनगरमा नेपाली सेनाको हेलिकप्टरमा अवतरण भएका प्रचण्ड विराटनगर हुँदै जहाज चढेर काठमाडौँ फर्किएका हुन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो