Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रेस चौतारीको निष्कर्षः दलाल–पुँजीपतिले आफ्ना उद्देश्य पूरा गर्न मिडियाको दुरुपयोग गरे

प्रेस चौतारीको निष्कर्षः दलाल–पुँजीपतिले आफ्ना उद्देश्य पूरा गर्न मिडियाको दुरुपयोग गरे


काठमाडौँ । प्रेस चौतारी नेपालले नेकपा एमाले र सो संगठन विरुद्ध दलाल, पुँजीपतिहरू विभिन्न दल र संगठनको नाममा उभिएका निष्कर्ष निकालेको छ ।

सोमबार बसेको सो संगठनको चौथो सचिवालय बैठकमा महासचिव हिरामान लामाले प्रस्तुत गरेको प्रतिवेदनमा पत्रकार महाससंघको सदस्यता सुद्धिकरण लगायतका विषयमा प्रेस चौतारी विरुद्ध सबै शक्ति एक भएर लागेका उल्लेख छ । तर सदस्यता सुद्धिकरणका १५ बुँदे मापदण्डमा प्रेस चौतारी नेपाल प्रतिबद्ध भएर लाग्ने प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रिय पुँजीको विकास गरी स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको निर्माण, जनताको जनवादी उत्पादन पद्धतिको विकास, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रताको रक्षा गर्दै सामाजिक न्यायसहितको समाजवादको आधार तयार गर्नु प्रेस चौतारी नेपालको मुख्य लक्ष भएको प्रतिवेदनमा उल्लेख छ । ‘यही कार्यदिशा अनुरूप हाम्रो सङ्गठनात्मक कार्यदिशा निर्धारण गरेका छौँ’, हाम्रो कार्यदिशाले तत्कालीन कार्यनीति, कार्यक्रम तथा कार्य योजनालाई नेतृत्व गर्नुपर्दछ’, महासचिवको प्रतिवेदनमा लेखिएको छ ।

अहिले आम सञ्चार क्षेत्र र सञ्चारकर्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक, लगायत दृष्टिले नितान्त नयाँ मोडमा उभिएको प्रेस चौतारी नेपालको विश्लेषण छ । ‘सूचना प्रविधिमा अभूतपूर्व क्रान्ति भएको छ, यो क्रान्तिले अर्थतन्त्र, संस्कृति, आमसञ्चार, उत्पादन, वितरण प्रक्रिया र प्रकृतिमा नयाँ विशेषताहरू पैदा भइरहेका छन्, नेपाली सञ्चार जगतमा दलाल पुँजीपतिहरूले आफ्नो उद्देश्य पूरा गर्न मिडियाको पनि दुरुपयोग गरिरहेका छन्’, प्रतिवेदनमा स्पष्ट शब्दमा लेखिएको छ ।

दलाल पुँजीपतिले मिडिया दुरुपयोग गरेर राष्ट्रिय पुँजीपतिको गलत फ्रेमिङ गरेर गलत बिम्ब बनाइदिने प्रति चौतारीले चिन्ता व्यक्त गरेको छ । समाजवादको आधार तयार पार्ने यात्रामा यसले अवरोध गर्ने प्रेस चौतारी नेपालको ठहर छ । ‘प्रचारको क्षेत्रबाट त्यो अवरोध पन्छाउने हाम्रो महत्त्वपूर्ण कार्यभार हो’, प्रतिवेदनमा उल्लेख छ ।

प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनले फैसला गरेको ‘समृद्धिका लागि सञ्चार कर्म प्रेस चौतारी नेपालको मूल मर्म’ भन्ने नारामा केन्द्रीकृत भई संगठनको कार्यदिशा, कार्यनीति, कार्यक्रम र कार्य योजना निर्माण गर्नुपर्ने निष्कर्ष सो संगठनले निकालेको छ । यो कार्यभार पूरा गर्न असाधारण रूपमा क्रियाशील हुनुपर्ने निष्कर्ष प्रेस चौतारी नेपालले निकालेको छ ।

संघर्षको आयाम बदलिएको बताउँदै प्रेस चौतारी नेपालले सयौँको जुलुस भन्दा एउटा आलेख, समाचार वा विचार बलशाली हुने निष्कर्ष निकालेको छ । सडकमा गरिने सयौँको प्रदर्शनभन्दा वा भौतिक उपस्थितिमा भएका आमसभाभन्दा कुनै एउटा सञ्चार सामग्री सुव्यवस्थित ढङ्गले निर्माण गरेर प्रवाह गर्न सक्यो भने त्यो प्रभावकारी हुने चौतारीको निष्कर्ष छ ।

चौतारीका सदस्यमा वैचारिक स्पष्टताको लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको निष्कर्ष संगठनले निकालेको छ । चौतारीमा आबद्ध पत्रकारलाई व्यावसायिक रूपमा दक्ष बनाउन चौतारीले देशव्यापी तालिमहरूको आयोजना गर्ने महासचिवको प्रतिवदनमा उल्लेख छ ।

प्रेस चौतारीको सदस्य हुन व्यावसायिक दक्षता पहिलो मापदण्ड भएको चौतारीले प्रष्ट पारेको छ । ‘समाचार कक्षमा होस् वा रिपोर्टिङमा, प्रेस चौतारीका सबै सदस्य सधैँ अब्बल हुनुपर्छ’, प्रतिवेदनमा लेखिएको छ ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको बैठकमा चौतारीका नयाँ इञ्चार्ज राजेन्द्र गौतमलाई स्वागत गरिएको थियो भने इञ्चार्जबाट बिदा भएका एमाले पार्टीका उपसचिव पृथ्वी सुब्बा गुरुङलाई बिदाइ गरिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था विवादमा

काठमाडाैँ । प्रतिनिधिसभाबाट पारित भइसकेको निजामती सेवा विधेयकमा अवकाशप्राप्त कर्मचारीहरूलाई दुई वर्ष अरू नियुक्तिमा निषेध गर्न राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी

पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सिक्काहरुको गणना शुुरु

ताप्लेजुङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा देवी मन्दिरमा भक्तजनहरुले चढाएका सिक्काहरुको गणना कार्य शुुरु गरिएको छ । भक्तजनले

Techie IT