Techie IT
२०८२ भदौ २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालबाँकेका ३५ अतिरिक्त हुलाक कार्यालय बन्द हुँदै

बाँकेका ३५ अतिरिक्त हुलाक कार्यालय बन्द हुँदै


बाँके । बाँकेका ३५ अतिरिक्त हुलाक कार्यालय र चार इलाका हुलाक कार्यालय यही साउनबाट बन्द हुने भएका छन् ।

जिल्लामा ११ इलाका हुलाक कार्यालय रहेकामा एक स्थानीय तहमा एक इलाका हुलाक रहने र नेपालगञ्जमा जिल्ला हुलाक कार्यालय भएकोले अन्य बन्द हुने जिल्ला हुलाक कार्यालयका प्रमुख गोविन्द पाण्डले जानकारी दिनुभयो । सरकारले प्रश्तुत गरेको बजेटमा अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने निर्णयसँगै जिल्लाका अतिरिक्त र इलाका हुलाक कार्यालय बन्द हुन लागेका हुन् ।

जिल्लाको नरैनापुर, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिकालगायतका सबै स्थानीय तहमा अतिरिक्त हुलाक कार्यालय र इलाका हुलाक कार्यालय रहेका थिए । ती कार्यालयबाट हुलाकमार्फत आउने चिट्ठीपत्र गाउँघरमा लैजाने काम भएको थियो । तर पछिल्लो समय प्रविधिमा भएको विकासले ती काम वीरलै हुँदै आएका छन् ।

“सरकारले औचित्य नदेखेर नै ती कार्यालय बन्द हुन लागेका हुन्”, प्रमुख पाण्डले भने । उनले एक स्थानीय तहमा एक इलाका हुलाक रहने प्रबन्ध भएकोसमेत जानकारी दिए । विसं ३०३४ देखि अतिरिक्त हुलाक कार्यालयको सुरुआत भएको थियो । जिल्लामा करिब एक सय कर्मचारी रहेका थिए । साउनदेखि उनीहरुलाई सेवा, सुविधा दिएर घर पठाउने सरकारको योजना छ ।

त्यसैगरी हुलाक सेवा विभागले द्रुत हवाई डाँक सेवा सुरु गरेको सेवाग्राहीलाई जानकारी गराएको छ । निजी क्षेत्रका अन्य प्रतिस्पर्धी सेवाको तुलनामा उक्त सेवा सस्तो र भरपर्दो रहेकाले त्यसको प्रयोग गर्न हुलाक कार्यालयले आग्रह गरेको छ । “हुलाक सेवा अब नयाँ र सुधारिएको अवस्थामा प्रस्तुत हुने छ”, पाण्डले भने ।

हुलाक सेवा विभागले नेपालगञ्जमा बैंक तथा प्रशासन शाखामा कार्यरत कर्मचारीलाई डाँक सेवाका बारेमा जानकारी दिएको थियो । अन्य निजी क्षेत्रबाट डुकुमेन्ट पठाउदा रु १०० देखि रु १५० खर्च लाग्छ भने हुलाकबाट पठाउँदा रु ७० खर्च लाग्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT